एनआरएनए १० औ महाधिवेशनको अन्योल कायमै, उच्चस्तरीय समितिको म्याद थपियो

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनको लागि प्रतिनिधि विवाद मिलाउन संघका पूर्वअध्यक्ष डा. शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिले निर्धारित समयमा काम गर्न नसकेपछि म्याद थपिएको छ । डा. घले कार्यदललाई २६ फेब्रुअरीसम्म विवाद समाधान गर्न तोकिएकोमा सो अवधिमा एउटा बैठक बाहेक कुनै प्रगति नभएपछि म्याद थपिएको हो ।

मंगलवार दिउँसो बसेको कार्यदलको बैठकमा संयोजक घलेले थप समयको माग गरे पछि १० को लागि म्याद थपिएको अध्यक्ष कुमार पन्तले जनाए ।

वैठकले संघको महाधिवेशन प्रतिनिधि विवादमा देखिएका कानुनी अप्ठ्यारा फुकाउनको लागि एक कानुनी परामर्श समिति र एमआइएस (मेम्वर इन्फरमेसन सिस्टम) का समस्या समाधान गर्न अर्को कार्यदल बनाउने निर्णय गरेकेको छ । सो कार्यदल गठन गर्न बैठकले अध्यक्ष कुमार पन्तलाई जिम्मा दिएको छ ।

१५ जनवरीमा बसेको संघको ८१ औं बैठकले पूर्वअध्यक्ष घलेको नेतृत्वमा ७ सदस्यीय निर्वाचन उपसमिति गठन गरेको थियो।

कार्यदलमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त सदस्य छन।
संघको निर्वाचन प्रकृया भने ५ फेबु्रअरीबाट शुरु गर्न कार्यदलभित्र सहमति भएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us