एमाले अध्यक्ष ओली दम्पतीलाई कोरोना संक्रमण पुष्टि
४ वर्षs अगाडि
डायस्पोरा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो ।
सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गरेका थिए । पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा छन् ।
यसभन्दा अगाडि जाेगिँदै आएका पूर्वप्रधानमन्त्री ओलीलाई काेराेना संक्रमण भएकाे पहिलाेपल्ट हाे ।
अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएको जानकारी एमालेले केहीबेरमा औपचारिक प्रेस वक्तव्यमार्फत दिने भएको छ ।
