माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Lokpath

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई खोप लगाउन उत्प्रेरित गर्नका लागि माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।

बुधबार त्यसबारे कुरा गर्दै काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खोप प्राप्त गरिसकेका व्यक्तिहरुको अभिलेख राख्न र खोप लगाउन बाँकी रहेकाहरुलाई खोपका लागि अभिप्रेरित गर्ने उद्देश्यले माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएको बताए । खोप लगाएका व्यक्तिहरु कम जोखिमपूर्ण हुने मान्यता अनुसार खोप कार्डलाई आधारको रुपमा लिइएको पनि उनले बताए । कोभिड – १९ विरुद्धको खोप कार्डलाई अनिवार्य गरिने उनले उल्लेख गरे । उनले भने– ‘जहाँसम्म खोप कार्डको विषय छ यो खोप कार्डलाई खोप प्राप्त गरिसकेका व्यक्तिहरु पनि अभिलेखिकृत हुने र खोप प्राप्त गर्न बाँकी व्यक्तिहरु पनि खोप लगाउनलाई उत्प्रेरित गर्ने हिसाबले खोप कार्ड अनिवार्य गरिएको छ र यो खोप कार्डको माध्यमबाट व्यक्तिको जोखिमलाई मध्येनजर गर्दै खोप लगाइसकेका व्यक्तिहरु जोखिमको हिसाबले कम जोखिमपूर्ण हुने भन्ने मान्यता अनुसार खोप कार्डलाई एउटा आधारको रुपमा लिइएको छ । र खोपलाई प्रमाणित गर्ने हिसाबले पनि, खोप प्राप्त गरेको, नगरेको विषयलाई प्रमाणित गर्ने हिसाबले पनि खोप कार्ड यो सन्दर्भमा अहिले जोडिएर आएको विषय छ । अब ७ गते पछाडी खोप कार्ड लिएका व्यक्तिहरुले सार्वजनिक सेवा लिन जाँदा त्यसलाई देखाउने कुरा भयो । र खोप कार्डको आधारमा सेवा प्राप्त गर्ने विषयलाई जोडिएको छ र त्यसलाई सम्बन्धित सेवा प्रदायक निकायहरुले नै आफ्नो सेवा दिने स्थानमै त्यसलाई उहाँहरुले हेरेर आवश्यक समन्वय गर्नुहुन्छ । खोपकार्डलाई सबैले अनिवार्य राख्नलाई हामीले भनेका छौँ । खोपकार्ड नभएकालाई खोप लिनलाई भनेका छौँ । बिस्तारै हामीले यसलाई व्यवहारिक रुपमा परिणत गरेर यसको कार्यान्वयन गर्नमा त्यही ढंगले हामीले आफुलाई परिचालित गरेका छौँ । यो अनिवार्य जस्तै हुन्छ ।’

कोभिड – १९ महामारी नियन्त्रणका लागि सार्वजनिक स्थलमा खोप कार्डको अनिवार्यताले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । नेपाल सरकारले गरेको निर्णय र जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको पालना नगरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने पनि उनले बताए । उनले भने– ‘नेपाल सरकारले गरेको निर्णय र जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेश संक्रामक रोग नियन्त्रण तर्फ जारी भएको आदेश छ । त्यो आदेशको कार्यान्वयनमा बाधा पु¥याउने अथवा आदेशको पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार नै कारबाही हुन्छ ।’पेलेर जाने भन्ने अर्थमा होइन कि यसलाई अभिप्रेरित गरेको रुपमा हामीले बुझ्नुपर्छ । संक्रमणको सन्दर्भमा बिना खोप कतिपय मानिसहरु रहनुभएको पनि होला, कतिपय मानिसहरु खोप लगाएर पनि उहाँहरु सँग कार्ड नभएको अवस्था पनि होला । त्यो सबैलाई व्यवस्थिकरण गर्ने हो र कम्तिमा पनि यो महामारी नियन्त्रणको राष्ट्रिय अभियान छ, अभियानको एउटा पार्ट हो यो । हामीले अहिले सबैलाई कारबाही नै गर्नुपर्छ, सबैलाई सजाय नै गर्नुपर्छ भन्ने अर्थमा पनि बुझेका हैनौँ । कम्तिमा पनि सार्वजनिक सेवा प्रवाहमा यो एउटा महत्वपूर्ण पार्ट हो है भन्ने ढंगले हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ ।’

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us