एनआरएनए युके राज्य समन्वय परिषद इंग्ल्याण्डद्वारा ‘रनफेष्ट’ कार्यक्रम घोषणा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके राज्य समन्वय परिषद् इंग्ल्याण्डले गत शनिवार १४ जनावरी २०२२ का दिन एनआरएनए युकेको कार्यालय अल्डरसट बसेको बैठकले रनफेष्ट कार्यक्रम घोषणा गरेको हो ।
बैठक चलिरहदा परिषद्का ३१ जना सल्लाहकारलाई सम्मान र प्रमाण पत्र वितरण गरिएको थियो ।नयाँ सदस्य दिपेन्द्र सिटौला, कमल खरेल र अजय पुनलाई प्रमाण सहित एनआरएनए युकेका प्रमुख संरक्षक शेर सुनारले सपथ ग्रहण गराए ।

राज्य समन्वय परिषद इंग्ल्याण्डका अध्यक्ष लाल बहादुर गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकमा एनआरएनए युके अध्यक्ष प्रेम गाहामगर प्रमुख अतिथिका रुपमा र एनआरएनए केन्द्रीय उपाध्यक्ष पदका प्रत्यासी थर्क सेन अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रम इंग्ल्याण्ड राज्य समन्वय परिषद् सहसचिव अन्जु कुवँरले गरेकी थिइन् । बैठकमा उपस्थिति प्रमुख अतिथि तथा अतिथिहरुलाई सचिव राम पन्थीले स्वागत गरेका थिए । उनले उपस्थित सबैलाई राज्य समन्वय परिषद् इंग्ल्याण्डले सुरु गरेको रनफेष्ट कार्यक्रमलाई सफल पार्न सबैले सहयोग आवश्यक रहेको बताए ।
एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरले राज्य समन्वय परिषद इंग्ल्याण्डले गर्ने गतिविधिहरु एनआरएनए युकेकै मुल अभियान अन्तर्गत पर्ने बताउदै काउण्टि काउन्सिल पनि समयमै गठन गर्नु पर्नेमा जोड दिए । संरक्षक सुनारले कार्यसमितिमा प्रवेश गर्नु हुने नयाँ सदस्यहरु र सल्लाहकारहरुले संस्था प्रति देखिएको लगावले गैर आवासीय नेपाली संघ अझ बढि आकर्षक भएको प्रतिक्रिया दिए । उनले संस्थाको शुद्धिकरण र समुदायको एकिकरण भन्ने मुल नारा साकार हुदै गएकोमा खुशी व्यक्त गरे ।
शारीरिक र मानसिक रुपमा स्वस्थ्य रहनको लागि “दौडने बानि बसालौ, सुरुवात आफैबाट गरौं र आजैबाट गरौं भन्ने नाराका साथ संचालन गरिएको “रनफेष्ट” कार्यक्रममा के कसरी भाग लिने भन्ने बारेमा बलराम सुवेदीले जानकारी दिए ।
परिषद्ले औपचारिक बैंक खाता खोलेको छ । बैठकले परिषद्को आधिकारीक वेव पेज दर्ता र निर्माण गरिएको छ । वेव पेजबाटै दर्ता शुल्क तिरी रनफेष्टमा सहभागी हुन मिल्ने तयार गरिनेछ । रनफेष्टमा सहभागीले आफु दौडेर ४ किलोमिटरको दुरी रेकर्ड गर्न मोबाईल एप डाउनलोड गरेर वा कुनै माध्यमले रेकर्ड बनाएर परिषद्कै वेव पेजमा राखि यो अभियानको पहिलो चरण पुरा गर्न सक्नेछ ।

दर्ता शुल्कबाट उनीलाई एनआरएनए युकेले प्रमाणपत्र र मेडलले सम्मान गर्नेछ । प्रवक्ता विशाल गुरुङले यो अभियानमा जोडिन सबैलाई आग्रह गरे । कोषाध्यक्ष सचिन भट्टराई र सहकोषाध्यक्ष सरोज थापाले कोषलाई पारदर्शी बनाउने प्रतिवद्धता व्यक्त गरे ।

उक्त बैठक तथा कार्यक्रममा सल्लाहकार आनन्द धरेलले उक्त अभियानको प्रसंसा गरे । सल्लाहकार डा. दिपक जि.सी, किसोर राना, दिपेन्द्र सिटौला, यज्ञ डुम्रे, सुरेश श्रेष्ठ, अर्चना हमाल, मुकुन्द खरेल, दुर्गा गुरूङ, हरि अर्याल, डा. विष्णु घिमिरे, उदयराज आचार्य, राजु खत्री, गोकर्ण हुमागाई, रामेश्वर अर्याल, रबिचन्द्र उप्रेती, काशीराज बोहोरा, कृष्ण न्यौपाने, मान बहादुर गुरुङ, होम राना, डा. दिपक जि.सी, चुडामणि अधिकारी ,प्रसिद्ध प्रधान, श्रीचन्द्र गुरुङ, दिपेन्द्र श्रेष्ठ, भाशन राइ, सुरेन्द्र अवस्ति, अमर गुरुङ, यादव श्रेष्ठ,टिका अधिकारी र भरत गुरुङलगायतको उपस्थिति थियो ।

blank
blank
Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us