आजै थपिए ६ हजार ७ सय कोरोना संक्रमित, कति भए संक्रमणमुक्त ? (तथ्यांकसहित)
४ वर्षs अगाडि
डायस्पोरा नेपाल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ४ सय ६५ जनामा परीक्षण गर्दा १४ हजार १४ जनाको पीसीआर र ३ हजार ४ सय ५१ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १६ हजार ९ सय ८५ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

