३३ वर्षदेखि पार्टीमा प्रचण्डकै एकछत्र

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Phoot: Lokpath

अरूले जे अनुमान गरे, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि त्यही गरे। अर्थात्, पार्टीको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यको ‘लिस्ट’ पढेर सुनाए। त्यही केन्द्रीय समितिको बैठकले सोमबार आफ्नो ‘सर्वोच्च कमान्डर’ दाहाललाई घोषणा गरेको छ। यससँगै पार्टीको नेतृत्व अब पाँच वर्ष ‘औपचारिक’ रूपमा दाहालकै काँधमा आएको छ।

झन्डै ३३ वर्षदेखि एकल नेतृत्व हावी भइरहेको भन्दै ‘नेतृत्व र पुस्ता हस्तान्तरण’को बहस चल्यो। लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्ने भनेर चुनावी कार्यक्रमसमेत घोषणा गरियो। तर, अर्को निर्देशन जारी भयो– ‘केन्द्रीय सदस्यमा मात्र चुनाव हुन्छ। पदाधिकारी सबै केन्द्रीय कमिटीले निर्वाचित गर्ने।’

केन्द्रीय सदस्यको चुनावी कार्यक्रम सार्वजनिक भयो। तर, मनोनयन दर्ता नगर्दै ‘सहमतिको लिस्ट’ भन्दै दाहालले केन्द्रीय सदस्यको नाम बन्दसत्रमा घोषणा गरे। महाधिवेशन प्रतिनिधिहरूले ताली पड्काएर त्यही सूचीलाई अनुमोदन गरे। त्यसरी घोषित केन्द्रीय कमिटीको बैठकले दाहाललाई अध्यक्षमा निर्वाचित गरेको घोषणा गरेको हो। दाहालले यसलाई ‘लोकतान्त्रिक र जनवादी विधि’ भनेका छन्। अब पाँच वर्ष पार्टी नेतृत्व हाँक्दा दाहाललाई कसैले वैधानिकताको प्रश्न गर्ने ठाउँ रहेन।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us