माओवादी केन्द्रको आठौं महाधिवेशन : दाहालको जवाफ-सुझाब समेट्ने प्रतिबद्धता

४ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रतिवेदनमा सबै सुझाव समेट्ने प्रतिबद्धता जनाएका छन् ।
माओवादीको आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा समूहका नेताले उठाएका प्रश्‍नको जवाफ दिनेक्रममा दाहालले आफूले पेस गरेको प्रतिवेदनमा छुटेका बिषयहरु समेटिने बताएका हुन् ।


दाहालले आमूल परिवर्तन आवश्यक नदेखिए पनि सुझाबहरुलाई संशोधन गरेर साझा प्रतिवेदन बनाउने प्रतिबद्धता जनाए । अध्यक्ष दाहालले बन्दसत्रको पहिलो दिन सोमबार ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि छलफल गर्न २५ समूहमा विभाजन गरिएको थियो ।


‘प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता सबै सबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै राख्नु भो’, दाहालको भनाइ थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us