चीट चोर्न नदिएको भन्दै विद्यार्थीले कुटे आरआर क्याम्पसमा शिक्षक

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Google

काठमाडौं : चीट चोर्न नदिएको भन्दै रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षक कुटिएका छन् । मंगलबार बिहान आर आर कलेज भृकुटीमण्डपमा शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरिएको क्याम्पसका एक प्राध्यापकले जानकारी दिए ।

शिक्षक कुटपिट गर्ने कुवेर जेठारा रहेको बताइएको छ। ​ जेठाराले पानी खाने जगले हानेका हुन् । पुडासैनिको टाउकोमा गम्भिर चोट लागेपछि अस्पताल लगिएको थियो। उनको टाउकोमा ७ वटा टाँका लगाइएको छ। हाल विद्यार्थी भने फरार रहेका छन् ।

घटनाबारे आरआर क्याम्पसका प्राध्यापक ऋषिकेश दाहालले ट्विट गर्दै भनेका छन्, ‘चिट चोर्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ। उहाँको टाउकोमा सात टाँका लगाउनपरेको छ। यसभन्दा लज्जाको विषय के होला? कस्तो शिक्षा दिइरहेका छौँ हामीले ?’

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us