एनआरएनए उच्चस्तरीय समितिका बैठकहरु निष्कर्ष विहीन

४ वर्षs अगाडि

डायस्पोरा नेपाल


गैरआवासीय नेपाली संघ (एनआरएनए) १० औं महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद समाधान गरी महाधिवेशन सम्पन्न गर्न गठन गरिएको उच्चस्तरीय समिति बैठकहरु निष्कर्ष विहीन भएका छन् । गत बुधबार गठित समितिको बिभिन्न भर्चअल बैठकहरु बसेपनि कुनै पनि मोडलटमा सहमत हुन नसकेपछि निष्कर्ष विहीन हुन पुगेका हुन् । यद्यपी, दुई पक्षीय र बहुपक्षीय बैठकहरु चलिरहेका छन । तर पनि उच्चस्तरीय समितिलाई निष्कर्ष निकाल्न मुस्किल परेको स्रोत बताउँछ ।
समितिमा संघका सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार डा. यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबि क्षेत्री रहेका छन् ।
गत आइतबारको बैठकमा संघ भित्र देखिएको डेलिगेट्स विवाद समाधान गर्न विभिन्न मोडलहरुबारे छलफल भएको प्रवक्ता डिबि क्षेत्रीले बताए । स्रोतका अनुसार समितिमा संस्थालाई हित हुने भन्दा पनि आफु अनुकुलको प्रस्ताबहरु आएकाले त्यस्ता प्रस्ताबहरुमा सहमति हुन नसकेको स्रोतले बताएको छ । विशेष महाअधिवेशन संशोधन गरिएका विधानका केही बुँदाहरु नै खारेज गर्ने प्रस्ताब पनि बैठकमा आएको स्रोतले बतायो । विगतमा पारित विधान विपरीत जाँदा संघभित्र थप अन्योल सिर्जना हुने भएकाले समिति भित्र न्युनतम सहमति भएका बुँदाहरु र सहमति हुन नसकेका बुदाहरु राखेर प्रतिवेदन अध्यक्ष कुमार पन्तलाई बुझाउने तयारी भैरहेको स्रोतले बतायो ।
अध्यक्ष कुमार पन्तद्वारा गत बुधबार जारी गरिएको वक्तव्यमा संघभित्र देखिएको विषम परिस्थितिको सर्वसम्मत समाधान खोज्न प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु र आइसीसी सदस्यहरुसँग सल्लाह जारी राखेको भन्दै संवाद र सहमतिका लागि समिति गठन गरेको जनाएका थिए ।

प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले राजीनामा दिए पछि डिसेम्बर महिनामा गर्ने भनिएको निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगन गरिएको जनाइएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us