देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ। अहिलेसम्म औपचारिक खबर नआएको र नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलाइएको हुँदा आफूहरू सर्वदलीय बैठकमा नजाने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

‘अहिलेसम्म हामीलाई खबर आएको छैन। अध्यक्षसँग बुझ्दा पनि अहिलेसम्म खबर नआएको बताउनु भएको छ। औपचारिक पत्र पनि आएको छैन। स्वभाविक रूपमै माधव नेपालहरू उपस्थित भएको बैठकमा हामी उपस्थित हुँदैनौं,’ उनले भने।

प्रधानमन्त्री देउवाले आइतबार दिउँसो ४ बजे सर्वदलीय बैठक डाकेका छन् । यसअघि शुक्रबार सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

एमालेले यसअघि एकीकृत समाजवादीलाई संसदले मान्यता दिएको भन्दै अवरोध गर्दै आएको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us