ओमिक्रोन भाइरसका कारण बेलायतबाट नेपाल जाँदा एक साता क्वारेन्टाइन (सुचनासहित)

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank


लण्डन । कोरोना भाइरसको परिबर्तित रुप ओमिक्रोन भेरियन्ट फैलन नदिन नेपाल सरकारले बेलायतबाट नेपाल जाने यात्रुहरुलाई सात दिन होटल क्वारेन्टाइन अनिवार्य बस्नु पर्ने प्रावधान लागू गरेको छ ।

नेपाल सरकार अध्यागमन विभागले शुक्रबार जारी गरेको सूचना अनुसार बेलायतलगायत ६७ वटा मुलुकहरुबाट नेपाल जाने यात्रुहरुले सात दिन अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्न पर्ने प्रावधान राखेको हो । क्वारेन्टाइनमा बस्दाको खर्च यात्रु स्वयंले ब्यहोर्नु पर्नेछ भने सात दिन पछि पीसीआर टेष्ट गर्दा नेगेटिभ आएमा ती यात्रुहरुले घर जान पाउनेछन् । तर घरमा पनि उनीहरु थप सात दिन आइसोलेसनमा बस्न पर्नेछ । तर पीसीआर पोजिटिभ आएमा सरकारले तोकेको आइसोलेसन केन्द्र वा अस्पतालमा पठाइने बताइएको छ ।

blank
Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us