कांग्रेस महामन्त्रीमा पराजित भएपछि मीनेन्द्र रिजालले दिए मन्त्रीबाट राजीनामा

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्विरः सेताेपाटी

कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्री मीनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा दिएका छन् । रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीनामा पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन्।

उनले प्रधानमन्त्रीलाई सिंहदरबारमा गएर राजीनामा पत्र बुझाएका हुन् । कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेका रिजाल पराजय भएका थिए।

महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए। महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन् ।

रिजाल भने पाँचौं नम्बरमा थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us