एनआरएनए यूके गाहामगर नेतृत्वको नयाँ कार्यसमितिको शपथ सम्पन्न : शेर सुनार प्रमुख संरक्षकमा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको नवनिर्वाचित कार्यसमितिले शपथ लिएका छन् । आइतबार एक समारोहबीच २०२१–२३ को लागिअध्यक्षमा निर्वाचित प्रेम गाहा मगरसहितको नयाँ कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख महेन्द्रराज कंडेलले शपथ खुवाएका हुन् ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले प्रमुख अतिथिको रुपमा उपस्थित हुँदै नवनिर्वाचित कार्यसमितिलाई बधाईसहित शुभकामना दिएका थिए । एनआरएनएसँग मिलेर नेपाल–यूके सम्बन्ध विस्तारमा मिलेर काम गर्ने समेत उनले बताए ।

एनआरएनए आईसीसी सल्लाहकार कुल आचार्य, एनआरएनए यूकेका निवर्तमान अध्यक्ष पूनम गुरुङ लगायतले बधाईसहित शुभकामना दिएका थिए । एनआरएनए युके पूर्व उपाध्यक्ष तथा अध्यक्ष पदकी उम्मेद्वार रोजिना प्रधान राईले पनि शुभकामना व्यक्त गरेकी थिइन् । सोही अवसरमा संस्थाका पूर्व उपाध्यक्ष शेर सुनारलाई प्रमुख संरक्षक घोषित गरिएको थियो ।

एनआरएनए युके निवर्तमान कार्यसमितिले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो । शपथ पछि बोल्दै अध्यक्ष प्रेम गाहा मगरले आफूसहित नयाँ नेतृत्व चयन गर्न सहभागि सबै मतदाताहरुलाई धन्यवाद दिदै एनआरएनएको उद्धेश्य अनुरुप काम गर्न अघि बढ्ने बताएका थिए । सवै पक्षलाई समेटेर अघि बढ्ने भन्दै उनले एनआरएनएलाई संस्थागत विकास गर्न सहयोग गर्न समेत आग्रह गरे ।

अल्डरशटको एम्पाएर हलमा भएको उक्त कार्यक्रममा नवनिर्वाचित कार्यसमिति सहित उपस्थित सबैलाई गुल्मेली पञ्चेवाजासहिच पञ्चकन्याले स्वागत गरेका थिए । त्यहा उपस्थित ठुलो संख्यामा विभिन्न संघ संस्थाका प्रमुख तथा एनआरएन अभियन्ताहरुले बधाई तथा शुभकामना ब्यक्त गरेका थिए।

© 2022 All Right Reserved DiasporaNepal