एनआरएनए युकेद्वारा बरबुझारथका पत्राचार (पत्र सहित)

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन।गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको नवनिर्वाचित कार्य समितिले निवर्तमान कार्यसमितिलाई बुझबुझारथका लागि पत्र पठाएको छ। निर्वाचित नयाँ कार्य समितिलाई गत ८ अगष्टमा शपथ दिलाइएको थियो।

त्यसको १२दिन पछि नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगर तथा महासचिव खुशी लिम्बुले निवर्तमान अध्यक्ष पूनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई तथा कोषाध्यक्ष तेजेन्द्र रोकालाई एक पत्र लेख्दै आगामी सेप्टेम्बर १० भित्र बुझबुझारथ लागिआग्रह गरेका छन्।

पत्रमा ” एनआरएनए युकेमा भएको आर्थिक अनियमितताका सम्बन्ध मा बेलायतको अदालतमा मुद्दा चलिरहेकोले गैर आवासीय नेपाली संघ बेलायतसंग सम्बन्धित बिल भरपाई र कारोबारका विवरणहरु, आर्थिक तथा अन्य कृयाकलापहरु बारेमा निर्णय गरिएका निर्णय पुस्तिकाहरु, संघका भौतिक संरचना तथा सदस्यहरुका विवरणहरु समेतका फारम वा कागजातहरु,संघको दर्ता सम्बन्धी कम्पनीको विवरणहरु समेत सम्बन्धित सुरक्षामा विशेष ध्यान दिनु पर्ने हुँदा यी कागजातहरुको सम्पूर्ण विवरण तयार गरी मुचुल्का खडा गरी मान्यता प्राप्त चार्टर्ड एकाउन्टेन्ट तथा कानून व्यवसायीहरुको रोहवरमा मात्र बुझबुझारथ लिने निर्णय गैर आवासीय नेपाली संघ युके कार्य समितिको ( १६ अगष्ट २०२१) बैठकले गरेको” उल्लेख छ।

हेर्नुहोस् पत्र जस्ताको तस्तै:

© 2022 All Right Reserved DiasporaNepal