डिसेम्बर २६ र २७ मा ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस : अध्यक्षका प्रत्यासी डा. बद्रि केसी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) १० औं महाधिवेशनको निर्वाचन कार्यतालिका हेरफेर नभई तोकिएको मितिमा निर्वाचन हुने अध्यक्षका प्रत्यासी डा. बद्रि केसीले बताएका छन् । संघ भित्र देखिएको विवाद समाधान गर्न निर्वाचन कार्यतालिका हेरफेर गर्दा पनि निकास ननिस्किए तोकिएको निर्धारित मितिमा निर्वाचन हुने बताएका हुन् ।
उनले निर्वाचनकै मुखमा निर्वाचन आयुक्तले राजीनामा दिएको प्रकरणलाई सामान्य नमान्न गैरआवासीय नेपालीको अभियानमा लागेका व्यक्तिहरुलाई आग्रह गरेका छन्। ‘एनआरएनए प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेल (उहाँ) ले नेपाल बार आन्दोलनमा रहेको र आफू बारको महासचिव भएको भन्दै राजीनामा गर्नुभयो। यो धोका हो’, शनिबार आयोजित ककस कार्यक्रममा डा. केसीलेले भने, ‘निर्वाचन आयुक्तको जिम्मेवारी लिएर आवद्ध भइसकेपछि अन्तिम समयमा विभिन्न बहाना बनाउनु भनेको सरासर गल्ती हो।’ उनका अनुसार केही व्यक्तिहरु निर्वाचन कुनै पनि हातलमा रोक्न गम्भिर षड्यन्त्र गरिरहेका छन तर अब त्यो खेल खेल्नेहरुको मनसाय कदापि पूरा नहुने र तोकिएको समयमा नै निर्वाचन हुनेछ ।
उच्च अदालत पाटनले एनआरएनएको निर्वाचन प्रक्रियालाई सहज तुलाएको अवस्थामा चुनावमा भाग लिने प्रतिनिधिको दावी विरोधको अन्तिम दिन निर्वाचन आयुक्तले विभिन्न बहाना बनाउदै राजीनामा गर्नु भनेको पेशाप्रतिको धोका भएको केसीको भनाइ थियो। उनले जतिसुकै षड्यन्त्र भएपनि एनआरएनएको चुनाव २६–२७ डिसेम्बरमा भइ छाड्ने विश्वास दिलाए।
हाल एनआरएनएको उपाध्यक्ष रहेका केसीले यस विषयमा परराष्ट्रमन्त्रीले संघका पूर्वअध्यक्ष उपेन्द्र महतोसँग कुराकानी गरेको र निर्वाचन गराउन मन्त्रालयले रोकटोक नगर्ने भरोसा दिएको बताए ।
निर्वाचन गराउने सम्बन्धमा अध्यक्ष कुमार पन्तले कार्यवहाक निर्वाचन आयुक्तको रुपमा रामप्रताप थापालाई नियुक्त गरिसकेको र छिट्टै आयुक्त तोकिने स्पष्ट पारे।

