प्रस्तावित राजदुत ज्ञानचन्द्र आचार्य फ्रेवुअरीमा बेलायत आइपुग्ने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank


काठमाडौं । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायत प्रधानमन्त्रीलगायतका उच्चस्तरीय नेताहरुको नेपाल भ्रमणका लागि विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । आफ्नो संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनु अघि सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिदै उनले सो प्रतिवद्धता जनाएका हुन् । संघीय संसद् संसदीय सुनुवाइ समितिले सोमबार बेलायतका साथै भारत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको जानकारी दिए । समितिले अनुमोदन गरेपछि राजदूतहरुको नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।

समितिको बैठकमा बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य, भारतका लागि प्रस्तावित डा. शंकर शर्मा र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीले समितिसमक्ष नियुक्ति भएर जाने देशहरुबाट उच्चस्तरको भ्रमणका लागि विशेष पहल गर्ने र नेपालमा लगानी भित्र्याउनेलगायतका विषयलाई प्राथमिकतामा राखेर प्रतिबद्धता जनाएका थिए ।
प्रस्तावित राजदूतको नाममा सम्बन्धित मुलुकबाट एग्रिमा आएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतहरूको नियुक्ति गर्ने कानूनी व्यवस्था छ । बेलायतलाई प्रस्तावित आचार्यको नाममा बेलायत सरकारले एग्रिमा पठाउन क्रिसमस र नयाँ वर्षअघि पर्याप्त समय नभएकाले आचार्य फ्रेवुअरीको अन्तिम सातासम्म बेलायत आउन सक्ने देखिन्छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us