कांग्रेसको ६ वटा प्रदेशको नेतृत्वमा संस्थापन पक्ष बलियो देखियो

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौं । नेपाली कांग्रेसको प्रदेश एकको सभापतिमा उद्धव थापा विजयी भएका छन् । रामचन्द्र पौडेल समूहका उम्मेदवार गुरुराज घिमिरेलाई दुई मतले पछि पार्दै संस्थापन पक्षका थापा निर्वाचित भएका हुन् ।

थापाले ८ सय ४४ मत र घिमिरेले ८ सय ४२ मत ल्याएका छन् । सभापतिसहित धेरैजसो पदाधिकारीमा पनि संस्थापन पक्षकै उम्मेदवारले जितेका छन् ।

उता लुम्बिनी प्रदेशको सभापतिमा रामचन्द्र पौडेल निकट अमरसिहं पुन बिजयी भएका छन् । पुनले संस्थापन पक्षका उम्मेदवार भरतकुमार शाहलाई करिव एक सय मतले हराउदै पुन विजयी भएका हुन् । पदाधिकारीमा पनि पौडेल समूह विजयी भएको छ ।

बागमती प्रदेश सभापतिमा दोस्रो चरणमा भएको निर्वाचनमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

यसैगरी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापनकै बीरबहादुर बलायर विजयी भएका छन् । कर्णाली प्रदेशको सभापतिमा पौडेल समूहका भूपेन्द्रजंग शाहीलाई हराउँदै ललितजंग शाही सभापतिमा विजयी भएका छन् ।

यस्तै गण्डकी प्रदेशमा पौडेल प्यानलका शुक्रराज शर्मा निर्वाचित भएका छन् ।प्रदेश दुईमा भने अधिवेशन हुन बाँकी रहेको छ ।

© 2022 All Right Reserved DiasporaNepal