राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित

४ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका पदका अर्का उमेदवार कमल थापालाई २ सय २७ मतले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिले जनाएको हो ।
लिङ्देन एक हजार ८ सय ४४ मत ल्याएर वियजी भए । थापाले एक हजार ६ सय १७ मत प्राप्त गरेका छन् । ४३१ मत बदर भएको छ ।
पार्टीको उपाध्यक्षमा विक्रम पाण्डे विजयी भए । उनले २५ सय २१ मत ल्याएर विजयी भएका हुन् । अर्का उपाध्यक्षमा ध्रुव बहादुर प्रधान १८ सय १४ मत र बुद्दिमान तामाङ १९ सय ४४ मत ल्याएर निर्वाचित भए ।

उपाध्यक्ष महिलातर्फ रोशन कार्की विजयी भएकी छिन् । उनले १५ सय ८९ मत ल्याएर विजयी भएकी हुन् । उनीहरु तीनै जना कमल थापा पक्षबाट निर्वाचित भएका हुन् ।
महामन्त्रीमा लिङ्देन प्यानलबाट धवल शमशेर राणा विजयी भएका छन् । २२ सय २१ मत ल्याएर निर्वाचित भएका हुन् । अर्का महामन्त्रीमा भुवन पाठक १७ सय ५ ल्याएर विजयी भएका छन् । उनी थापाको प्यानलमा थिए । थापा प्यानलबाटै महिलातर्फको महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मत ल्याएर विजयी भएकी छिन् । उनले लिङ्देन प्यानलबाट उम्मेदवार बनेकी अभिनेत्री रेखा थापालाई पराजित गरेकी हुन् । रेखा थापा १६ सय ४० मत प्राप्त गरिन् ।

यसैबिच थापाले नव निर्वाचित अध्यक्ष लाई बधाई दिएका छन ।
उनले ट्वीट गर्दै भनेका छन
प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।
प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।
पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।
Congrats @GBBShah . Thank you
मैले राहत र उन्मुक्ति पाएको छु।
सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।
हार्दिक शुभ-कामना।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us