टिम बद्रीको ककस -५ शनिवार : एनआरएनए विवादको समाधान कसरी निस्कन्छ ?

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसीको टिमले भावी एनआरएनएको एजेण्डाका बारेमा लगातार बहस सुरु गरेको छ। एनआरएनए भित्रका विविध बिषयमा संसारभर रहेका नेपालीहरु बिचमा अन्तरक्रिया कार्यक्रम ककस गर्दै आएको यस पटक विशेष एजेण्डा उठाउन लागेको हो ।
एक सार्थक र सफल कार्यक्रमको रुपमा आम एनआरएनहरु माझ प्रशंशा पाइरहेको उक्त ककस कार्यक्रमको पाचौँ श्रृखंलाको रुपमा शनिबार एनआरएनए भित्रको विवाद र यसको समाधानका जस्दाबल्दा विषयमा छलफल हुने भएको हो।
खासगरी१.)के संरक्षक परिषदले निर्वाचन गराउन मिल्छ? २) अदालत जाने परिस्थिति किन बन्यो?३) अहिलेको विवादको रहस्य के हो?४) एनआरएनएको अबको बाटो के हुन सक्छ? लगायत र अरुपनि बिषयमा गरमा गरम र घनीभूत छलफल उक्त ककस -५ मा हुने भएको छ। अध्यक्ष पदका उम्मेदवार डा. केसी आफै र उपाध्यक्षका उम्मेदवारहरु डा हेमराज शर्मा , डिबि छेत्री , धर्मराज अधिकारि र याश्मिन बेगम तथा महासचिवका उम्मेदवार गौरी जोशी लगायतका उम्मेदवारहरुले आफनो विचारका साथै अन्तरक्रिया गरिने भएको छ।उक्त कार्यक्रमको संचालन एनआरएनएमा स्थापनाकाल कालदेखिनै सक्रिय रुपमा अनबरत लागीपरेका हालका आइसीसी सदस्य तथा सचिब पदका उम्मेदवार एबम स्पस्टबक्तारामशरण शिम्खडाले गर्नुहुने भएको छ।
कार्यक्रमको पूर्णपाठ :
शनिबार ४ डिसेम्बर नेपालको साझँ ७ बजे (ककस ४ लगत्तै सोही जुम लिंकमा) एनआरएनएको आसन्न निर्वाचन बारे हुने बहस कार्यक्रम (ककस ५) मा यहाकोउपस्थितिको लागि अनुरोध छ।
Zoom ID: 874 9535 9645
Passcode: 2021
१) के संरक्षक परिषदले निर्वाचन गराउन मिल्छ?
२) अदालत जाने परिस्थिति किन बन्यो?
३) अहिलेको विवादको रहस्य के हो?
४) एनआरएनएको अबको बाटो के हुन सक्छ?
