राप्रपा महाधिवेशन : नेतृत्व चयनसँगै राजतन्त्र र हिन्दु अधिराज्य पुन:स्थापना मुख्य एजेण्डा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को शुक्रबार उम्मेदवारी दर्ताको लागि समय निर्धारण गरिएको छ । राप्रपा विधान मस्यौदा समिति तथा निर्वाचन समितिका सदस्य एवम् वरिष्ठ अधिवक्ता राजु बस्नेतले बिहान साढे ११ देखि साढे १ बजेसम्म उम्मेदावरी दर्ताको कार्यतालिका सार्वजनिक गरिउको बताएका हुन् । यससँगै महाधिवेशनको अन्तिम मतदाता नामावली प्रकाशन आज बिहान ११ बजे हुने जानकारी उनले दिए ।
अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको छ । आज बिहान ७स्३० देखि साढे ९ बजेसम्म मतदाता नामावली उपर दाबी विरोध र सच्याउने काम भएको थियो ।
राप्रपा महाधिवेशनमा चार हजार ४७१ जनाको मतदाता नामावली रहेको निर्वाचन समितिले जनाएको छ । यसैगरी, भोलि शनिबार बिहान ८ बजेदेखि मतदान सुरुहुने पनि समितिले जनाएको छ ।
