एनआरएनएको निर्वाचन २६ र २७ डिसेम्बर (कार्यतालिका र उम्मेदवारी शुल्कसहित)

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचन समितिले तालिका सार्वजनिक गरेकोल छ । गैरआवासीय नेपाली संघको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार उम्मेदवारको मनोनय ११ डिसेम्बरमा हुने छ । यस्तै निर्वाचन २६ र २७ डिसेम्वरमा हुने निर्वाचन समितिले जनाएको छ ।

गत अक्टोवर महिनामा तय गरिएको निर्वाचन परराष्ट्र मन्त्रालयको निर्देशनमा रोकिएपछि एनआरएनए निर्वाचन अन्योलमा परेको थियो । गत आइतवार पाटन उच्च अदालतले मन्त्रालयको पत्र कार्यन्वयन नगर्न आदेश दिएपछि निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । संघको नेतृत्वको लागि डा. बद्री केसी, कुल आचार्य र रविना थापा चुनावी मैदानमा छन् ।

१० लाख रुपैयाँसम्म उम्मेदवारी शुल्क

यसैबिच, गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष पदको उम्मेदवारका लागि १० लाख उम्मेदवारी शुल्क तोकिएको छ ।
संघको निर्वाचन समितिले मंगलवार एक सूचना नारी गर्दै उम्मेदवारहरुको शुल्क निर्धारण गरेको हो ।

निर्वाचन समितिका अनुसार संघको निर्वाचनमा उम्मेदवारी दिनका लागि अध्यक्षका लागि १० लाख, उपाध्यक्षका लागि ७ लाख, महासचिवका लागि ६ लाख, सचिव र कोषाध्यक्षका लागि ५ लाख, सहकोषाध्यक्षका लागि ४ लाख ५० हजार, महिला, युवा तथा क्षेत्रीय संयोजकहरुका लागि ३ लाख ५० हजार, क्षेत्रीय, महिला तथा युवा उपसंयोजकका लागि २ लाख ५० हजार रुपियाँ उम्मेदवारी शुल्क तोकिएको छ ।

संघको केन्द्रीय पदाधिकारीको लागि ५० भन्दा बढी पदमा निर्वाचन हुने बताएको छ । प्रमुख निर्वाचन आयुक्त अधिवक्ता लीलामणि पौडेलको हस्ताक्षर रहेको सो निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशन डिसेम्बर ६ तारिखमा , मतदाता नामावलीमाथि दाबीविरोध डिसेम्बर ७ तारिखमा, दाबी विरोधमाथि छानविन डिसेम्बर ९ तारिखमा गरी डिसेम्बर १० मा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

blank
blank
blank
Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us