एनआरएनएद्वारा परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर, उत्पेषणको आदेश माग (पत्रसहित)

४ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा उत्पे्रषण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकार विरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको हो।

संघ अध्यक्ष कुमार पन्तले आफ्नो कार्यसमितिलाई अवैध ठहर गर्ने परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णय विरुद्ध कानुनी उपचार खोज्ने सार्वजनिक वक्तव्य दिएका थिए । स्रोतका अनुसार सरकार विरुद्धको मुद्दामा दशौँ महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ।

गत मंगसिर ३ गते परराष्ट्र मन्त्रालयले संघलाई एक पत्र लेख्दै कुमार पन्त नेतृत्वको कार्य समितिको कार्यकाल १८ अक्टोबर २०२१ मै पुरा भै सकेकोले संघको विवाद समाधान गरी संघलाई गतिशीलता प्रदान गर्न विधानको धारा १६ बमोजिम संरक्षक परिषदलाई जिम्मा दिइएको जनाएको थियो।
संघ स्थापना कालदेखि नै हामीले नेपाल सरकारसंग सहकार्य गर्दै आइरहेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us