नेपाली इ-पासपोर्टको जारी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौँ । सरकारले बुधबार दिउँसोबाट इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गरेको छ। राहदानी विभागका अनुसार बुधबारबाट उक्त पासपोर्ट जारी गर्न थालिए पनि मंसिर १५ गतेबाट पूर्णरुपमा सर्वसाधरणका लागि वितरण गरिनेछ ।
नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागू गरेको हो ।
विद्युतीय पासपोर्टमा बायोमेट्रिक सूचनाहरु ‘चिप’मा हुन्छ । यसमा हातका औंला, आँखा र अनुहारलाई कैद गर्छ । कुनै पनि व्यक्तिको पासपोर्ट हेर्ने बित्तिकै उसको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन्छ । व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको राहदानी विभागले जनाएको छ ।

इ पासपोर्ट फ्रेन्च कम्पनी आईडिमियाबाट नेपालले ५० लाख इ–पासपोर्ट प्राप्त गर्छ । नेपालले एमआरपी लागू गरेको बेलामा कूटनीतिक, पदाधिकारी, साधारण र ट्राभलतर्फ गरी जम्मा ७० लाख एमआरपी छापेको बताइन्छ ।

© 2022 All Right Reserved DiasporaNepal