एनआरएनए यूकेद्वारा मिडिया समिति गठन

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको चालु कार्यकाल २०२१–२३ का लागि प्रेस तथा पब्लिकेशन विभाग (मिडिया समिति) बनेको छ ।
विधानतः संघका प्रवक्ता भरतमणी चोङबाङ प्रमुख संयोजक रहेको नयाँ समितिको प्रमुख सल्लाहकारमा बरिष्ठ पत्रकार भगीरथ योगीलाई चयन गरिएको छ ।

समितिमा प्रवक्ता चोङबाङ लगायत अन्य तीन जना सदस्यहरु चयन गरिएको छ । जसमा लण्डन नेपाल न्युज डटकमका सम्पादक शिव भण्डारी संयोजक, सिलौटी टाइम्स डटकमका सम्पादक अमित थेबे सदस्य सचिव र सिलिचुङ डटकमका सम्पादक किरण राई सदस्य रहेका छन् ।
यसैवीच, एनआरएनए यूके हाल आफ्नो नियमित मुखपत्र ‘एनआरएन भ्वाइस’ को नयाँ अंक प्रकाशन गर्ने अन्तिम तयारीमा जुटेको छ । नयाँ अंकको संयोजन प्रवक्ता भरतमणी चोङबाङ आफैंले र सम्पादन खुशी लिम्बुले  गरिरहेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal