एनआरएनए अध्यक्ष पदका उम्मेदवार डा. केसीद्वारा भर्चुअल शुभकामना साँझ मार्फत नेपालीलाई जोड्दै

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचन स्थगित भएको अवस्थामा पनि अध्यक्ष पदका (२०२१-२०२३)का प्रत्यासी डा. बद्रि केसीले नेपालीहरुका चाडपर्व दीपावली, छठ, नेपाल सम्बत ११४२, उधौंली, ल्होसार लगायतको अवसरमा पारेर भर्चुअल शुभकामना कार्यक्रम आयोजना गर्न लागेका छन् । विश्वभर छरिएका नेपालीहरुलाई आ-आफ्ना बसोबास गरेको स्थानबाट चाडपर्बमा जोडने र नेपाली भाषा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले भर्चुअल रुपमा शुभकामना आदान प्रदान सँगै सांगीतिक मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

विभिन्न विधामा चर्चित नेपाली राष्ट्रिय कलाकारहरुको सहभागीतामा भोली विहिवार सांगीतिक प्रस्तुति सहित शुभकामना हुन लागेको जानकारी प्रवक्ता तथा उपाध्यक्ष पदका उम्मेदवार डिबि क्षेत्रीले दिए । नोभेम्बर ४ बिहीबारका दिन नेपाली समय साँझ ६०० बजे सुरु गरिने कार्यक्रममा डा. केसीले संसारभर छरिएका गैरआवासीय नेपाली र यससँग सम्बद्ध अभियान्ताहरुलाई भर्चुअल रुपमा जोडिन अनुरोध गरेका छन ।

‘जो जहाँ हुनु हुन्छ त्यहीबाट चाडपर्ब, रितिरिवाज, संस्कृतिको जगेर्ना गर्न भर्चुअल शुभकामना आदान प्रदान गरि रमाइलो गर्न सम्पुर्ण गैरआवासीय नेपालीलाई अनुरोध गर्दछु’, एनआरएनएका वर्तमान उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. केसीले डायस्पोरा सँग भने ।

शुभकामना साँझमा कमेडियन च्याम्पियन भरतमणि पौडेल, लोक गायक लोक खत्री र बैकुष्ठ महत, लोक तथा दोहोरी गायका पुर्णकला बिसी र आधुनिक गायक विश्व नेपालीलगायतका कलाकारले सांगीतिक मनोरन्जन दिने कार्यक्रम छ ।

भर्चुअल उपस्थितिका लागि ८२२६६३२८९३७ जुम आइडी र २०२१ पास्कोर्ड रहेको छ ।

© 2022 All Right Reserved DiasporaNepal