पण्डित कुवेर सुवेदीको लण्डनमा धार्मिक प्रवचन: सांस्कृतिक केन्द्र स्थापनाको लक्ष्य

२ दिन अगाडि

डायस्पोरा नेपाल

प्रख्यात कथावाचक तथा १८ पुराणका ज्ञाता पण्डित कुवेर सुवेदी आगामी मे ३१ तारिख आइतबारका दिन बेलायत आउने भएका छन्।

धर्मदर्शन कल्चर सेन्टर बेलायतको आयोजनामा लण्डनस्थित स्ट्यानवेल (हिथ्रो) कम्युनिटी हलमा आयोजना हुने विशेष धार्मिक भेलामा उनले प्रवचन दिने कार्यक्रम तय भएको छ।

पश्चिम लण्डनमा एक बृहत् सांस्कृतिक केन्द्र तथा धार्मिक तीर्थस्थल स्थापना गर्ने दीर्घकालीन उद्देश्य बोकेको यस संस्थाले नेपाली समुदायलाई आफ्नो मौलिक परम्परा र मूल्यमान्यतासँग जोड्न यो कार्यक्रम आयोजना गर्न लागेको हो।

उक्त गरिमामय समारोहमा बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडीका साथै स्थानीय समाजसेवी, व्यवसायी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।

संस्थाका अध्यक्ष सहदेव गिरीका अनुसार, यो भेलाले प्रवासमा रहेका नेपालीहरूलाई एउटै साझा मञ्चमा गोलबद्ध गर्दै सांस्कृतिक पहिचानको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us