एनआरएनए डेनमार्कमा बृहत् एकता : यस्तो बन्यो नयाँ समिति
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कमा बृहत् एकता कायम गरिएको छ । गैरआवासीय नेपाली संघ, युरोप संयोजक रोवट लिम्बुका अनुसार निलविक्रम थापा को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।
एनआरएनए डेनमार्कमा स्थापित बृहत् एकताबाट नवगठित एनसीसी डेनमार्कको सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । एकता कायम गर्नका लागि त्याग गर्ने सुरेश पून लगायत सम्पूर्ण अभियन्ता तथा सहयोगीहरूप्रति विशेष धन्यवाद ज्ञापन गरिएको छ ।
लिम्बुले सामूहिक प्रयासले मात्र संस्थालाई बलियो बनाउने उल्लेख गर्दै एकता केवल संरचनात्मक मिलन मात्र नभई विश्वास, सहकार्य र साझा उद्देश्यको प्रतिविम्ब भएको बताएका छन् । उनका अनुसार, यदि सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितलाई प्राथमिकता दिन सकेमा मात्र एनआरएनए अझ सशक्त, प्रभावकारी र उदाहरणीय बन्न सक्छ ।
उनले आपसी सम्मान र सहकार्यको भावनालाई निरन्तरता दिन आग्रह गर्दै अन्य एनसीसीहरूलाई पनि आगामी दिनमा एकताका लागि दृढतापूर्वक अघि बढ्न अनुरोध गरेका छन् ।
नयाँ कार्यसमिति
आइसीसी सदस्य – अन्ज पराजुली
अध्यक्ष:
निल विक्रम थापा
उपाध्यक्ष:
सन्तोष बस्नेत
उद्दन कार्की
कल्याण काफ्ले
अर्जुन चौलागाईं
अमृत रिजाल
महिला उपाध्यक्ष:
वनिता ढकाल अधिकारी
महासचिव:
शैलेन्द्र राई
सचिव:
एलेक्स पोखरेल
रुपचन बल तामाङ
ध्रुब घिमिरे
कोषाध्यक्ष (Treasurer)
सपना खड्का
राकेश श्रेष्ठ
सह-कोषाध्यक्ष (Joint Treasurer)
प्रितु लामा
मनोज न्यौपाने
महिला संयोजक
ईसिका अर्याल
उषा अधिकारी
युवा संयोजक
राम बहादुर खत्री
प्रकाश बुदुजा पुन
सदस्यहरू (Members)
गोविन्द भट्टराई
सुरेन्द्र योञ्जन
फुर्वाजित तामाङ
प्रिती लामा
अनील भुसाल
श्रीश भक्त वाग्ले
राहुल देवान
सुरेश जोशी
सरोज श्रेष्ठ
दीपक थापा
