एनआरएनए युकेद्वारा पत्रकारद्वय गौतम र कुँवर सम्मानित

२ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दुई संचारकर्मीलाई पुरस्कृत गरेको छ।

सोमबार काठमाडौंमा सम्पन्न एनआरएनए को १२औ अधिवेशन तथा विश्व सम्मेलनको अवसरमा पत्रकारद्वय युवराज गौतम र मुना कुँवरलाई पुरस्कृत गरिएको हो।

गैरआवासीय नेपाली संघ यूकेले सन् २०१३ मा स्थापना गरेको उत्कृष्ट एनआरएनए पुरस्कार अन्तर्गत यसबर्ष उत्कृष्ट रिसर्च आर्टिकलका आधारमा चयन गरेर गौतम र कुँवरलाई पुरस्कृत गरेको हो।

एनआरएनएका मिडिया संयोजक चिरन शर्माका अनुसार गौतमलाई गैरआवासीय मताधिकार र कुँवरलाई वैदेशिक रोजगारी सम्बन्धी रिसर्च आर्टिकल चयन गरी पुरस्कृत गरिएको हो ।

एनआरएनए अध्यक्ष डा बन्द्री केसी र यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले संयुक्त रुपमा गौतम र कुँवरलाई नगदसहित पुरस्कार प्रदान गरेका हुन्। गौतम न्युज एजेन्सी `नेपाल न्युज बैंक´का सम्पादक हुन् भने कुँवर आर्थिक न्युज डटकमकी कार्यकारी सम्पादक हुन् ।

 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us