बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण : शंकर पोखरेल

२ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । नेकपा एमलेका महासचिव तथा पुर्वमन्त्री सङ्कर पोखरेलले बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको बताए ।

पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने अडान गरेका छन् ।

चुनावको महत्त्वपूर्ण तथा संवेदनशील घडीमा यस्ता सामाग्री सार्वजनिक हुनु संयोग या नियोजित हस्तक्षेप भएको भन्दै प्रश्न खडा गरेका छन् ।

पोखरेलले लेखेका छन्, ‘चुनावको मुखमा सार्वजनिक गरिएको बिबिसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।’

पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँले गर्नुपर्ने भन्दै नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी रहेको बताए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us