कांग्रेसको १० बुँदे प्रतिज्ञा पत्र सार्वजनिक

२ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।

बुधबार कांग्रेसले जनकपुरधामबाट १० बुँदे घोषणापत्र सार्वजनिक गरेको हो।

पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेश प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण गरिएको हो।

परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित गरिने घोषणा पत्रमा समेटिएको छ । कानूनको परिधिभित्र रही इच्छा अनुसारको काम, पेसा–व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित गरिने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा लेखिएको छ, ‘परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित हुनेछ। कानूनको परिधिभित्र रही इच्छा अनुसारको काम, पेसा–व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित हुनेछ।’

देश–विदेश जहाँ भए पनि कुनै पनि नेपाली पहुँचको अभाव वा पहिचानका कारण अपमानित नहुने ,वंश, जाति वा लिङ्गका आधारमा प्राप्त हुने विशेषाधिकार एवं जन्म भएको परिवार वा स्थानको आधारमा नागरिकको भाग्य निर्धारण हुने अवस्थाको अन्त्य हुने पनि कांग्रेसको घोषणापत्रमा लेखिएको छ ।

यस्ता छन् कांग्रेसको १० बुँदे भिजन
१ सम्मानित भएर बाँच्न पाउने नेपाल
२ सपना देख्न सक्ने नेपाल
३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४ पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५ ओखती र ओत दिने नेपाल
६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८ मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल
९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१० समुन्नतिमा लम्किने नेपाल

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us