पैदल यात्रीलाई दुर्व्यवहार गर्ने जिप चालक पक्राउ

२ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौंको नारायण गोपाल चोकस्थित सडक खण्डमा पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गरेको आरोपमा एक जना चालक पक्राउ परेका छन्।

बा ३ च ११०३ नम्बरको निजी जिपका चालकले सार्वजनिक स्थलमा पैदल यात्रीमाथि अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ बस्ने ४२ वर्षीय पारस बम रहेका छन्।

ट्राफिक प्रहरीले उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित वृत्तमा दाखिला गरेपछि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

हाल उनीमाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us