आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा संक्षिप्त ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

३ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनका पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गरे ।

प्रतिबद्धता पत्रमा भाषिक विभेदको अन्त्य गरौँ ! सयौँ फूलहरू फुल्न दिऔँ !, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, स्थानीय तह र समुदायबाटै समाजवादको अभ्यास !, नेपाली विशेषताको समाजवाद सामाजिक क्रान्तिको मूल बाटो ! लगायतका विषयलाई प्राथमिकता दिइएको छ ।

‘लोकतान्त्रिक शासन प्रणालीको आधार : जनताको घरदैलोसम्म गुणस्तरीय सेवा प्रवाह’ र आर्थिक विकास र समृद्धिका आधारः सुशासन, पारदर्शिता र मितव्ययितालाई विशेष प्राथमिकतामा राखी प्रतिबद्धता सार्वजनिक गरिएको छ । शिक्षा र स्वास्थ्यको गुणस्तरीय पूर्वाधार, समृद्धिको आधार एवं उद्यमशीलता, उद्यमी परिवार, गाउँ–सहर घर–घरमा रोजगार दिलाउने प्रतिबद्धता उल्लेख गरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन प्रतिवद्धता पत्रका मुख्य माइलस्टोनहरू तथा योजना/कार्यक्रमहरू Highlights

[ ] आगामी ५ वर्षभित्र वार्षिक १०% भन्दा बढी आर्थिक वृद्धिदर हासिल गरिनेछ।

[ ] बहुआयामिक गरिबीको दर हालको २०.१५% बाट घटाएर १०% मा झारिनेछ (५ वर्षभित्र)।

[ ] प्रतिवर्ष १ लाख ५० हजार थप रोजगारी सिर्जना गरिनेछ।

[ ] ५ वर्षभित्र कम्तीमा ५ लाख नियमित रोजगारी सुनिश्चित गरिनेछ।

[ ] विदेशबाट फर्किएका कम्तीमा १ लाख व्यक्तिलाई उद्यमी बनाइने छ (५ वर्षभित्र)।

[ ] प्रतिवर्ष १ लाख ५० हजार आत्मनिर्भर रोजगारी थप्ने वार्षिक लक्ष्य राखिनेछ।

[ ] २ वर्षभित्र धान, गहुँ, तरकारी, फलफूल, दूध, मासु र माछामा पूर्ण आत्मनिर्भरता हासिल गरिनेछ।

[ ] आगामी दशकलाई “कृषि लगानी दशक” घोषणा गरिनेछ।

[ ] सबै किसानलाई किसान परिचयपत्र वितरण गरिनेछ (१ वर्षभित्र)।

[ ] एकीकृत कृषि ऐन र किसान अधिकार ऐन बनाई लागू गरिनेछ (१ वर्षभित्र)।

[ ] राष्ट्रिय कृषि विपद् कोष स्थापना गरिनेछ।

[ ] नियमित कृषि जनगणना गरी डिजिटल किसान डाटाबेस निर्माण गरिनेछ।

[ ] ५ वर्षभित्र १०,००० मेगावाट थप विद्युत् उत्पादन गरिनेछ।

[ ] राष्ट्रिय ग्रिडको क्षमता १५,००० मेगावाट पुर्‍याइनेछ (५ वर्षभित्र)।

[ ] दीर्घकालीन लक्ष्यअनुसार सन् २१०० सम्म ४०,००० मेगावाट विद्युत् उत्पादन गरिनेछ।

[ ] नेपाललाई शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने देश घोषणा गरिनेछ।

[ ] नवीकरणीय ऊर्जाको मिश्रण उल्लेखनीय रूपमा बढाइने छ।

[ ] ५ वर्षभित्र ५ लाख नयाँ आवास इकाई निर्माण गरिनेछ।

[ ] ५ वर्षभित्र हरेक नेपालीको घरमा सफा पिउने पानी उपलब्ध गराइनेछ।

[ ] २० वटा शहरलाई स्मार्ट सिटी बनाइने छ (५ वर्षभित्र)।

[ ] १०० वटा ग्रामीण वस्तीलाई स्मार्ट भिलेज बनाइने छ (५ वर्षभित्र)।

[ ] १ वर्षभित्र उच्चस्तरीय स्वतन्त्र सम्पत्ति छानबिन आयोग गठन गरिनेछ।

[ ] हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरिनेछ।

[ ] शक्तिशाली तथा स्वतन्त्र लोकपाल गठन गरिनेछ।

[ ] खैरो सूची (ग्रेलिस्ट) बाट देशलाई निकाल्न समयबद्ध कार्ययोजना लागू गरिनेछ।

[ ] ५ वर्षभित्र सरकारी सेवामा २५% नयाँ तथा सक्षम जनशक्ति भित्र्याइनेछ।

[ ] संघीय निजामती सेवा ऐन पहिलो अधिवेशनबाट पारित गरिनेछ।

[ ] उच्चस्तरीय प्रशासन संरचना पुनरावलोकन आयोग गठन गरिनेछ।

[ ] तलबी महिलालाई दुई सन्तानसम्म ६ महिनाको सुत्केरी बिदा प्रदान गरिनेछ।

[ ] स्तन क्यान्सर, पाठेघर खस्ने, फिस्टुला, पिसाब चुहिने लगायत महिला विशेष रोगको निःशुल्क उपचार गरिनेछ।

[ ] हरेक पालिकामा फास्ट ट्र्याक महिला न्याय युनिट स्थापना गरिनेछ।

[ ] हिंसापीडित महिलाका लागि प्रति पालिका एक आवासीय मनोसामाजिक परामर्श केन्द्र स्थापना गरिनेछ।

[ ] महिला उद्यमीलाई व्यवसायिक ऋणमा २५% ब्याज छुट प्रदान गरिनेछ।

[ ] एकल महिलाको भत्तामा समयानुसार वृद्धि गरिनेछ।

[ ] सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्धता गराइनेछ।

[ ] बेरोजगारी बीमा व्यवस्था लागू गरिनेछ।

[ ] सार्वभौमिक स्वास्थ्य कभरेज (Universal Health Coverage) चरणबद्ध रूपमा कार्यान्वयन गरिनेछ।

[ ] मौलिक हक कार्यान्वयनका लागि संघीय बजेटको ६०% प्रदेश तथा स्थानीय तहमा परिचालन गरिनेछ।

[ ] मुक्त कमैया तथा कमलरीको पुनर्स्थापना २ वर्षभित्र सम्पन्न गरिनेछ।

[ ] आगामी दशकलाई दलित अधिकार दशक घोषणा गरिनेछ।

[ ] एकीकृत दलित विकास प्राधिकरण गठन गरिनेछ।

[ ] थारु आयोग, मधेसी आयोग, मुस्लिम आयोग र आदिवासी जनजाति आयोगलाई स्रोत–साधन सम्पन्न तथा प्रभावकारी बनाइनेछ।

[ ] नयाँ प्रतिनिधिसभा गठन भएको १ वर्षभित्र संघीयता कार्यान्वयनका सबै आवश्यक कानुन तर्जुमा गरिनेछ।

[ ] संघीय प्रहरी समायोजन १ वर्षभित्र पूर्ण रूपमा कार्यान्वयन गरिनेछ।

[ ] शान्ति प्रक्रियाका बाँकी कार्य सम्पन्न गरी सङ्क्रमणकालको अन्त्य गरिनेछ।

[ ] सत्य निरूपण, मेलमिलाप तथा बेपत्ता छानबिन आयोगलाई प्रभावकारी बनाइनेछ।

[ ] सन् २०४५ सम्म नेट जिरो इमिशनको लक्ष्य हासिल गरिनेछ।

[ ] हरित जलवायु कोष तथा नोक्सानी क्षतिपूर्ति कोषको अधिकतम उपयोग गरिनेछ।

[ ] एआई तथा डिजिटल प्रविधिमा आधारित विपद् पूर्वसूचना प्रणाली विकास गरिनेछ।

थप प्रमुख योजना/कार्यक्रमहरू

[ ] कृषि लगानी दशक घोषणा तथा कार्यान्वयन गरिनेछ।

[ ] रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ।

[ ] “विपन्नको इलम र सीप : पूँजी र उद्यमका लागि सरकारको साथ” पहल अघि बढाइनेछ।

[ ] एक सामुदायिक वन, एक उद्यम कार्यक्रम लागू गरिनेछ।

[ ] हिमाल समृद्धि कार्यक्रम सञ्चालन गरिनेछ।

[ ] मधेस क्षेत्रका लागि विशेष आर्थिक प्याकेज लागू गरिनेछ।

[ ] महिला सशक्तीकरण कार्यक्रम हरेक पालिकामा सञ्चालन गरिनेछ।

[ ] ई-शासन ब्लूप्रिन्ट कार्यान्वयन गरिनेछ।

[ ] अनुहाररहित, कागजरहित र नगदरहित प्रशासन प्रणाली विकास गरिनेछ।

[ ] टाइम कार्ड प्रणालीमार्फत सेवा समय ग्यारेन्टी गरिनेछ।

[ ] कार्यसम्पादन सम्झौता आधारित मूल्यांकन प्रणाली लागू गरिनेछ।

[ ] शिशु स्याहार केन्द्र हरेक स्थानीय तहमा विस्तार गरिनेछ।

[ ] ज्येष्ठ नागरिक मैत्री आवास प्रदेशस्तरमा निर्माण गरिनेछ।

[ ] एक परिवार एक आवास अवधारणा कार्यान्वयन गरिनेछ।

[ ] हरित अर्थतन्त्र प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ।

[ ] कार्बन व्यापार नीति निर्माण गरिनेछ।

[ ] एकीकृत कृषि सेवा केन्द्र हरेक स्थानीय तहमा स्थापना गरिनेछ।

[ ] एकीकृत बाल ऐन तथा एकीकृत दलित विकास ऐन तर्जुमा गरिनेछ।

[ ] राष्ट्रिय साइबर सुरक्षा नीति तथा कमाण्ड सेन्टर स्थापना गरिनेछ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us