नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक नेपाल अस्पताल भर्ना
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।
रुघाखोकी र ज्वरोसँगै सास फेर्न गाह्रो भएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका नेपाललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरि उपचार भईरहेको छ ।
उनको उपचार त्रिवि शिक्षण अस्पतालका छातीरोग विभागका चिकित्सकले गरिरहेको अस्पतालस्रोतले जनाएको छ ।
नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपाका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू आज बिहान अस्पताल पुगेका थिए ।
