सर्लाही पुगेका गगन थापाले भने : ‘सेवक बनेर काम गर्न आएको हुँ’

३ महिनाs अगाडि

डायस्पोरा नेपाल

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुगेका छन् ।

काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही आएका थापाले धनकौल बजारस्थित पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै आफू जनताको सेवकका रूपमा काम गर्न आएको बताएका छन् ।

थापाले आगामी पाँच वर्ष यही क्षेत्रमा जनतासँगै बसेर शिक्षा, स्वास्थ्यलगायत विकासका महत्वपूर्ण कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । तराई मधेशको रहनसहन, संस्कार र पर्व उत्सवले आफूलाई थप ऊर्जा र प्रेरणा दिने उनको भनाइ थियो ।

उनी थप तीन दिनसम्म निर्वाचन क्षेत्रमै बसेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सर्लाही–४ मा थापा यस क्षेत्रका निवर्तमान सांसद अमरेश कुमार सिंहसँग चुनावी प्रतिस्पर्धामा छन् ।

सिंह २०७० सालदेखि लगातार सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् भने यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us