नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सुरु

४ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत सोमबार बन्दसत्र सुरु भएको छ । भृकुटी मण्डपमा सुरु भएको बन्दसत्रमा पार्टीको नीति, संगठन र आगामी राजनीतिक दिशाबारे गहन बहस हुने बताइएको छ।

आइतबार साँझ उद्घाटन सत्र सम्पन्न भएसँगै सोमबार बिहान १० बजेदेखि औपचारिक कार्यक्रम सुरु भएको हो ।

८८ वर्षीय महाधिवेशन प्रतिनिधि श्याम कुमार खड्काको अध्यक्षतामा बन्दसत्र सुरु भएको हो ।

बन्दसत्रले महाधिवेशन प्रतिनिधि अधिवक्ता नारायण भट्टराईले पेस गरेको ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ कार्यविधि सर्वसम्मतरुपमा पारित गरेको छ ।

विशेष महाधिवेशन प्रचार समिति संयोजक सुवास पोखरेलले महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् ।

‘बन्द सत्रमा दुई जना महामन्त्रीले पेस गर्ने प्रस्ताव पास हुन्छन् । दुई प्रस्तावमा समसामयिक राजनीतिक समीक्षा, राजनीतिक तथा पार्टीको नीति, विधान संशोधन, कांग्रेसको परिमार्जन लगायतका विषय समेटिएका छन् ।’

उनले महाधिवेशन प्रतिनिधिहरू ९ वटा ग्रुपमा विभाजन गरेर महामन्त्रीका प्रस्तावमा छलफल हुने बताए । साथै त्यसरी छलफल भए पनि ग्रुप लिडरको निष्कर्ष सुनाउने कार्यक्रम रहेको पनि जनाए ।

प्रतिनिधिहरूको दबाबपछि महामन्त्री गगन थापाको नेतृत्वमा बोलाइएको विशेष महाधिवेशनमा २६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी छन्।

विशेष महाधिवेशनले पार्टीको नीति र नेतृत्व समेत परिवर्तन गर्न सक्नेछ। बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको जनाइएको छ

 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us