नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरू

४ महिनाs अगाडि

डायस्पोरा नेपाल

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरू भएको छ । आइतबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन भई विशेष महाधिवेशनको सुरु हुन लागेको हो ।

विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता बिहान ८ बजेदेखि शुरू भएको छ । कार्यक्रमस्थल भृकुटीमण्डपको मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता गरिने छ भने नाम दर्ताको लागि परिचय खुल्ने कागजात, पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ रहेको छ ।काठमाडौंका विभिन्न स्थान र ललितपुरको कुपन्डोलबाट निकालिएको र्‍याली भृकुटीमण्डप प्रवेश गरिसकेको छ।

उद्घाटनपछि आजै बन्द सत्र सुरू हुनेछ।नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा सभापति शेरबहादुर देउवा पक्षका ३० बढी नेताहरू पुगेका छन्।

पूर्व सांसद पुष्पा भुसाल, विनोद चौधरी, डिला सङ्ग्रौला, उदय शम्शेर राणा, देवेन्द्र कँडेललगायत देउवा पक्षीय नेताहरू भृकुटीमण्डप पुगेका हुन्।

‘इतिहासको ब्याजमात्रै खाएर भविष्य चल्दैन’

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले इतिहासको ब्याजमात्रै खाएर भविष्य नचल्ने बताए।

सभापति शेरबहादुर देउवा निकट मानिएका श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा खुल्दै भृकुटीमण्डपस्थल पुगेका हुन्।

महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले इतिहासमा कांग्रेसले राणा शासन फालेको, पञ्चायत ढालेको, गणतन्त्र ल्याएको भए पनि अब नयाँ ढंगले पार्टी अघि बढ्नुपर्ने बताए।

उनले अब युवा पुस्तालाई अघि बढाउनुपर्ने पनि बताए।
‘समय बदलिएको छ, पुस्ता बदलिएको छ, अपेक्षा बदलिएको छ। अब चल्ने शैली पनि बदल्नुपर्छ। अब नयाँ युवाहरूलाई अगाडि सार्नुपर्छ,’ उनले भने, ‘नयाँ युवायुवतीलाई देशको हरेक ठाउँमा ल्याउनुपर्छ।विशेष महाधिवेशनका लागि सबै जिल्लाबाट पक्षधर प्रतिनिधि काठमाडौंं आइसकेका छन् भने  काठमाडौँका फरक फरक स्थानमा ३६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ ।

गत असोज २९ गते ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए ।

त्यसको अगुवाइ महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले गरेका थिए । कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us