एनआरएनए यूकेले गर्यो सल्लाहकार नियुक्ति तथा कोअप सदस्य थप
एडिनबरा – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सल्लाहकार नियुक्ति तथा कोअप सदस्यहरु थप गरि कार्यसमितिलाई पूर्णता दिएको छ ।
एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सोमबार स्कटल्याण्डमा भौतिक रुपमा बसेको कार्यसमितिको पूर्ण बैठकले संरक्षकसहित सल्लाहकार र कोअप सदस्यहरु नियुक्त गरेको हो ।
बैठकले एनआरएनए यूकेको संरक्षकमा एनआरएनए आईसीसीका संस्थापक मध्येका एक चिरन्जीवि ढकाललाई नियुक्त गरेको छ । संस्थाका सल्लाहकारहरुमा इन्जिनियर तुल्सी फुयाल, एकेन्द्र गुरुङ, कुसाङ गुरुङ, मिन गुरुङ, माधवलाल श्रेष्ठ, लक्ष्मी केसी, रोमनाथ पाण्डे, दिनेश घिमिरे, सुशिला राई, रामचन्द्र पोखरेल, ह्यारी गुरुड, विनोद पुरी, राजु आचार्य, रामप्रसाद न्यौपाने, डा मुकुन्द बास्तोला र मेजर इन्द्र प्रसाद राईलाई मनोनयन गरिएको छ । त्यस्तै, डा प्रमोद कोई राई, रामप्रसाद बगाले, मोति खरेल, प्रकृति प्याकुरेल, बिष्णु बराल मगर, सुरेश गौतम, श्रीमती प्रकृति थापा प्याकुरेल, डा केशब भट्टराई, मनिष खत्री, शशी कार्की, डा बिना घिमिरे, शिव पराजुली, परशुराम पाण्डे, यज्ञ क्षेत्री, गणेश गुरुङ,र जुमकाजी गुरुङलाई पनि सल्लाहकारमा मनोनयन गरिएको छ।
।
साथै, बैठकले कार्यसमितिलाई पूर्णता दिंदै तमुधि युूकेका पूर्व अध्यक्ष हरि गुरुङ, गौतम राई, पद्म गोले र रिता कार्की गौतमलाई कोअप सदस्यमा मनोनयन गरेको छ।
नयाँ सदस्य बन्न आव्हान
कार्यसमितिको बैठकले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्देशन अनुसार नयाँ सदस्यता आव्हान भएकाले एमआइएस प्रणाली मार्फत सदस्य बन्न आग्रह गरेको छ । १० पाउण्ड तिरेर सदस्य भएपछि आगामी फेव्रुअरीमा हुने अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्वाचनमा डेलिगेट्सका लागि प्रतिस्पर्धा गर्न पाउनेछन् ।
त्यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अन्तर्गत राज्य समन्वय परिषद्मा अधिकार बाडँफाँड लगायतका विषयमा विधानमा प्रस्ट नभएकाले समय सापेक्ष बनाउन विधान संशोधनका लागि एउटा उपसमिति गठन गरिएको छ । उपाध्यक्ष कृष्ण भण्डारी संयोजक र उपसंयोजकमा विदुर खत्री रहेको उपसमिति बनाइएको छ । उक्त उपसमितिले सदस्य विस्तारसहित राज्यहरुसँग छलफल गरि चाडो भन्दा चाडो विधान संशोधनका लागि कार्यसमितिमा प्रस्ताव पेश गर्नेछ ।
कार्यसमिति बैठकमा इंगल्याण्ड राज्य समन्वय परिषद् अध्यक्ष राममाया थापा र स्कटल्याण्ड राज्य समन्वय परिषद् शेरबहादुर केसीले आ आफ्ना राज्य समितिहरुले गरेका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
त्यस्तै, कार्यसमितिले आगामी मार्चमा तीन वटै राज्य समन्वय परिषद्मा च्यारिटि कार्यक्रमलाई अघि बढाउने निर्णय गरेको छ । कार्यसमितिले आपतमा परेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्न अलाएन्स ग्रुप बनाएर जाने निर्णय गरेको छ । खासगरी आपतमा परेका नेपाली विद्यार्थीलाई सहयोग गर्न उक्त ग्रुपले काम गर्नेछ । एनआरएनए यूकेमा नयाँ पुस्तालाई समेट्न बेलायतमा जन्मिएका र यहाँ हुर्किएका नव युवाहरुलाई समेट्न नव यूवा विभाग पनि गठन गरिएको छ । कार्यसमितिको बैठकले दृष्य ढकाल र मनिषा कंडेललाई सो विभागको जिम्मा दिएको छ ।
कार्यसमितिमा विभागको जिम्मेवारी लिएका आर्थिक, च्यारिटि, विद्यार्थी विभाग र राज्य समन्वय परिषद् इंगल्याण्ड अध्यक्ष राममाया विष्ट र राज्य समन्वय परिषद स्कटल्याण्ड अध्यक्ष शेरवहादुर केसीले आआफ्ना कार्यसमितिले गरेको कार्यहरुको जानकारी दिएका थिए । त्यस्तै रिक्त रहेका विभागहरु मध्ये सचिव कृष्ण देवकोटा संयोजक रहेको सांस्कृतिक विभागमा लक्ष्मी देवकोटा (स्कटल्याण्ड) र छम रेग्मी (नर्दन आयरल्याण्ड) लाई थप गरिएको छ भने उपाध्यक्ष कृष्ण भण्डारी संयोजक रहेको नागरिकता विभागमा यज्ञमूर्ति ढकाललाई थपिएको छ । यसै गरी रामप्रसाद कंडेल संयोजक रहेको पर्यटन विभागमा तारानाथ भण्डारी र सुजन गौतम, विद्यार्थी विभागमा राजेश भट्ट र जेम्स पल, महिला विभागमा महिमा बराल, भाषा, साहित्य र संस्कृति विभागमा बिजय डंगोल, सूचना तथा संचार विभागमा अन्जु न्यौपाने (नीलसागर), आईटी विभागमा थरिन्द्र धिमिरे ( किरण) र युवा विभागमा रविन पाण्डेलाई थप गरिएको छ ।
त्यस्तै कार्यसमितिको बैठकमा महिला संयोजक बिनु लामिछाने घिमिरेले दांत सम्बन्धी रोग र यसबाट बच्न गर्नु पर्ने कामहरु सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् । महिला सचिव कला पोखरेलले हेल्थ एण्ड वेलबिइंग सम्बन्धी कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
एनआरएनए यूकेको सहभागितामा नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना साँझ कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा गायक सन्दिप न्यौपाने लगायतका कलाकारहरुले रोचक प्रस्तुति दिएका थिए।
यसैबीच, कार्यसमिति बैठकले महिला उपाध्यक्ष कमला श्रेष्ठ स्कटल्याण्ड नेपाल स्कटल्याण्ड एसोसियनको अध्यक्ष हुनु भएकोमा बधाई ज्ञापन गरेको छ । त्यस्तै कार्यसमिति सदस्य लोकनाथ अधिकारी नेपाली समाज नटिंगहामको अध्यक्षमा निर्वाचित हुनु भएकोमा पनि बधाई ज्ञापन गरेको छ ।
