एमाले अध्यक्ष ओलीको स्थानहद फुकुवा

४ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाहरुबारे जांचबुझ गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद फुकुवा गरेको छ।

आयोगले आइतबार गुन्डुस्थित ओली निवासमै पुगेर उनको बयान लिएको भोलिपल्टै स्थानहद फुकुवा गरेको हो ।

आयोगले ओलीमाथि उपत्यका छोड्नुअघि सरकारको अनुमति लिनुपर्ने र विदेश जानुपूर्व अनुमति लिनुपर्ने व्यवस्था खारेज भएको हो ।

ओली भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बेलामा प्रधानमन्त्री थिए । यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि आयोगले बयान लिएको थियो ।

बयान लिएपछि लेखकमाथिको स्थानहद पनि आयोगले फुकुवा गरेको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us