देश निर्वाचनमय हुँदै गर्दा कांग्रेस महाधिवेशनको विवादमा

४ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ – जेन जी आन्दोलनपछि हुन लागेको आम निर्वाचनका लागि झन्डै दुइ महिना मात्रै बाँकी रहँदा देशकै पुरानो दल नेपाली कांग्रेस भने नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विवादमा अल्झिएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पुष २६, २७, २८ मा तोकिएको नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन गराउने प्रक्रिया अगाडी बढाए पछि पार्टी नै टुक्रिने हो कि भन्ने चिन्ता कांग्रेसजनमा देखिएको छ।

कांग्रेसका झन्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले गत असोज महिनामा विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए। तर त्यस पछि बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पुष मसान्तमा नियमित महाधिवेशन गर्ने मिति तोकेको थियो। तर क्रियाशील सदस्यता विवरण आउनै बाँकी रहेको भन्दै उक्त मितिमा नियमित महा धिवेशन गर्न नसकिने संस्थापन पक्षका नेता हरुको भनाइ छ।

आफ्नो आन्तरिक विवाद टुंग्याएर चुनावमा नयाँ नीति र कार्यक्रम सहित नहोमिने हो भने राष्ट्रिय राजनीतिमा कांग्रेसले आफ्नो सान्दर्भिकता गुमाउंदै जाने विश्लेषकहरु बताउँछन्।

शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औं महाधिवेशनको नयाँ तालिका प्रस्ताव गरे । उनले वैशाख २८-३१, २०८३ मा केन्द्रीय महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरे पनि महामंत्रीद्वयले पुष मसान्तभित्रै विशेष महाधिवेशन गर्नु पर्ने माग छाडेका छैनन् ।

वार कि पारको लडाईमा गगन, विश्व

नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेले महाधिवेशन गरी सक्दा र राष्ट्रिय स्वतन्त्र पार्टीले कुलमान घिसिङ्ग लगायतका नेताहरु भित्र्याएर बालेन शाहलाई प्रधानमंत्रीको उम्मेदवार घोषणा गरि सक्दा कांग्रेसले भने आन्तरिक विवादमै समय बिताई रहेको छ। नेतृत्व परिवर्तन नगरेर चुनावमा जान नसकिने अडानमा रहेका गगन थापा लगायतका नेता पार्टी भित्र वार कि पारको लडाईमा पुगेको बताइन्छ। कार्यवाहक दिइसकेका सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष के पी शर्मा ओलीबीच गठबन्धन गरेर चुनावमा जाने समझदारी बनेको भन्ने समाचारहरु आउंदै गर्दा गगन पक्ष दबाबमा परेको छ।

कांग्रेस नेता डा शेखर कोइरालाले केन्द्रीय समितिले निर्णय नगरी विशेष अधिवेशन बोलाइएमा त्यो विशेष अधिवेशन नभै भेला मात्रै हुने भन्दै आफु त्यस्तो भेलामा नजाने बताइ सकेका छन्। नयाँ पार्टी दर्ता गर्ने समयावधि समेत सकिई सकेको र प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारहरु चयन गर्ने प्रक्रिया सुरु भै सकेकाले पनि महामंत्रीद्वयलाई विशेष अधिवेशन गरेर अगाडी बढन चुनौतीपूर्ण रहेको उनी निकटहरु बताउँछन्। आफ्नो आन्तरिक विवाद टुंग्याएर चुनावमा नयाँ नीति र कार्यक्रम सहित नहोमिने हो भने राष्ट्रिय राजनीतिमा कांग्रेसले आफ्नो सान्दर्भिकता गुमाउंदै जाने विश्लेषकहरु बताउँछन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us