दु:ख र पीडामा परेका नेपाली परिवारलाई सहयोगको हात बढाउँदै एनआरएनए युके अध्यक्ष राजेन्द्र पुडासैनी

१ हप्ता अगाडि

डायस्पोरा नेपाल

लन्डन – गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले दुख र पीडामा परेका बेलायतस्थित नेपाली परिवारलाई भेटेर सहनुभूति व्यक्त गरेका छन् । मंगलबार बिहान अध्यक्ष पुडासैनी स्वर्गीय युविन तामाङका माता पितालाई भेटन इस्ट लण्डनस्थित बार्किङ पुगेर सहानुभूति प्रकट गर्दै सबै खालको सहयोग गर्न एनआरएनए यूके साथमा रहेको जानकारी दिए । उनले कारको ठक्करबाट युविनको निधन भएको स्थानमा पुगेर श्रद्धान्जलि समेत व्यक्त गरे ।
पुडासैनीसँग एनआरएनए केन्द्रीय उपाध्यक्ष रामशरण सिंखडा, एनआरएनए युके प्रवक्ता श्याम लुईटेल र विद्यार्थी विभाग प्रमुख विष्णु भक्त भट्टराई पुगेका थिए । उक्त भेटघाटको समन्वय विद्यार्थी विभाग प्रमुख भट्टराईले गरेका थिए । स्वर्गीय युविनका मातापिताले सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै अदालतको आगामी सुनुवाई लगत्तै धार्मिक परम्परा अनुसार दाहसंस्कार गर्ने योजना रहेको सुनाए ।
 गत अक्टोबर १८ तारिखका दिन बेलायतका चर्चित -यापर गेट्सले तीव्र गतिले चलेको गाडीले इलफोर्डमा ठोक्कर दिए पछि उपचारका क्रममा २० वर्षीय युविन तामांगको निधन भएको थियो। ब्रिटिश प्रहरीले -यापर गेट्सलाई पक्राउ गरी उनी विरुद्ध मुद्दा चलाई रहेका छन्।
यस्तै , मंगलबार दिउँसो अध्यक्ष पुडासैनी एजवयरमा आफ्नै डेरामा सुतिरहेको अवस्थामा मृत भेटिएका नेपाली विद्यार्थी योमान चन्दको डेरामा पुगी उनको रुममेटसंग घटनाका बारे जानकारी लिएका थिए। उनले युनिभर्सिटी अफ हर्टफोर्डशायरबाट भर्खरै अध्ययन पुरा गरेका स्वर्गीय चन्दको पार्थिव शरीर राखिएको नर्थवीक पार्क हस्पिटल पुगेर श्रद्धान्जली दिए ।
उनले स्वर्गीय चन्दको परिवारसंग सम्पर्क गरेर जस्तोसुकै सहयोगका लागि एनआरएनए यूके साथमा रहेको प्रतिबद्धता जनाएका छन् ।
स्वर्गीय चन्दका परिवारजनको अनुरोधअनुसार पार्थिव शरीरलाई नेपाल पठाउने प्रक्रिया अघि बढाइएको छ।
Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us