एनआरएनए यूके : आपतकालिन राहत कोष स्थापना

२ दिन अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आपतकालिन राहत कोष स्थापना गरेको छ । आइतबार एनआरएनए अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा जुम मार्फत भर्जुचल रुपमा बसेको कार्यसमितिको पुर्ण बैठकले यूकेवासी नेपालीहरुलाई आपत पर्दा सहयोग गर्न उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरुबाटै सहयोग सुरु गरि आपतकालिन राहत कोष प्रक्रियालाई अघि बढाउदै लैजाने निर्णय भएको महासचिब दिवाकर पाण्डेयले बताए । उनका अनुसार यूकेवासी नेपालीका सुख र दुखमा एनआरएनए साथमा छ भन्नका लागि राहत कोष जस्तो मानबिय कार्य अघि बढाइएको छ ।

कार्यसमिति बैठकले बेलायतमा निधन भएर नेपाल लास लैजान स्वर्गीय प्रतिमा वादेलाई सहयोग गर्ने निर्णय गरेको छ । उनका परिवारले नेपालमा दाह संस्कार गर्न नेपाल लास लैजान सहयोग मागेको सन्दर्भमा सहयोग गर्ने निर्णय गरेको महासचिव पाण्डेयले बताए ।
त्यस्तै, बैठकले नेपालमा जिएन जीको आन्दोलनमा निधन भएको युवाहरुको सम्मानमा एक मिनेट मौन धारण गरि श्रद्धान्जली समेत व्यक्त गरेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us