एनआरएनए यूकेद्वारा वृहत्त एकताको आव्हान


भर्चुअल हेल्पलाइन सुरु
लेस्टर (बेलायत) । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संघका नाममा गतिविधि गर्ने असन्तुष्ट पक्षधरलाई मूल प्रवाहमा आउन आव्हान गरेको छ । गत जुलाईमा निर्वाचित भएपछि एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा बेलायतस्थित लेस्टर शहरमा सोमबार बसेको कार्यसमितिको पुर्ण बैठकले एनआरएनएमा एक हुनुको विकल्प नरहेको ठहर गर्दै बृहत्त एकताका लागि असन्तुष्ट पक्षहरुलाई आव्हान गरेको हो । आगामी अक्टोबर ११ देखि १४ सम्म अन्तरराष्ट्र्यि समन्वय परिषद् (आईसीसी) महाधिवेशन काठमाडौं हुदैछ ।
कार्यसमिति बैठकले बेलायतस्थित नेपालीहरुलाई आपतकालिन अवस्थामा सहयोग गर्न भर्चुअल हेल्पलाइन सुरु गरेको छ । उक्त हेल्पलाइनमा उपाध्यक्षहरु कृष्ण भण्डारी, लिलाराम निउरे, रक्षा थापा, उज्वल कार्की, रामप्रसाद कंडेल र महिला सचिब छमकला पोखरेल छन । हेल्पलाइनले बेलायतस्थित आपतमा परेका नेपालीहरुलाई सम्पर्क आउन आव्हान गरेको छ । त्यस्तै, बैठकले एनआरएनए यूके काउन्सिल बैठक आगामी नोभेम्बर भित्रै गर्ने निर्णय गरेको छ भने एनआरएनए यूकेले एक सचिवालय समेत गठन गरेको छ । सचिवालयमा अध्यक्ष पुडासैनी, उपाध्यक्ष कृष्ण भण्डारी, उपाध्यक्ष रक्षा थापा, महासचिब दिवाकर पाण्डेय, कोषाध्यक्ष सरोज थापा र प्रवक्ता श्याम लुईटेल छन् ।
बैठकले एनआरएनए यूकेलाई बेलायतभर तल्लो तहमा लैजान कार्यक्रमसहित बिभागहरु गठन गरेको छ । एनआरएनए यूके अध्यक्ष पुडासैनीले क्षेत्रीय रुपमा कार्यसमितिका बैठकहरुलाई लैजाने क्रममा लेस्टरमा भौतिक बैठक राखिएको जनाए । उनले हरेक राज्यमा कम्तिमा एक भौतिक बैठक गर्ने जानकारी दिए । एनआरएनए यूके निर्वाचनको समिक्षा गर्दै बैठकले सदस्यता सहजीकरण र शुल्क भुक्तानी प्रक्रिया सहज बनाउन कार्य गर्ने निर्णय गरेको छ । बैठकमा अध्यक्ष पुडासैनी एनआरएनए यूके खाता हस्तान्तरण प्रक्रियामा रहेको जानकारी बैठकलाई गराएको महासचिब दिवाकर पाण्डेयले बताए । उनकाअनुसार एनआरएनए यूकेले आईसीसी डेलिगेट्सको नाम लिस्ट केन्द्रमा पठाइएको छ ।
बैठकले च्यारिटी विभाग गठन गरेको छ । जसमा उपाध्यक्ष रक्षा थापा, उपाध्यक्ष कृष्ण भण्डारी, उपाध्यक्ष उज्वल कार्की, उपाध्यक्ष लिलाराम निउरे, महिला संयोजक बिनु लामिछाने, सदस्य शिवकान्त खराल र इंग्ल्याण्ड राज्य समन्वय परिषद् अध्यक्ष राममाया थापा विष्ट छन् ।
त्यसैगरी, खेलकुद बिभागको जिम्मेवारी उपाध्यक्ष उज्वल कार्कीलाई दिइएको छ । उक्त विभागमा ह्यारी गुरुङ र प्रमोद भण्डारी छन् । त्यस्तै, युवा विभागको जिम्मेवारी युवा संयोजक बासुदेव पोखरेललाई दिइएको छ । बिद्यार्थीहरुको समस्या सम्बोधनका लागि एनआरएनए यूकेले विद्यार्थी विभाग समेत गठन गरेका छन् । विद्यार्थी विभागका संयोजकको जिम्मेवारी कार्यसमिति सदस्य बिष्णुभक्त भट्टराईलाई दिइएको छ । उनले विभागलाई केही सदस्यहरु राखेर विस्तार गर्नेछन् । भाषा साहित्य र संस्कृति बिभागको संजोजन कार्यसमिति सदस्य गोपी सापकोटाले लिएका छन ।
त्यस्तै, सांस्कृतिक बिभागको संयोजक सचिब कृष्ण देवकोटालाई दिइएको छ । उक्त बिभागमा कार्यसमिति महिला सचिव छमकला पोखरेल, सदस्य लोकनाथ अधिकारी र पत्रकार प्रकाश कंडेल छन् । महिला बिभागको संयोजक स्कटल्याण्ड महिला उपाध्यक्ष कमला श्रेष्ठलाई दिइएको छ भने उक्त बिभागमा बिनु लामिछाने र छमकला पोखरेल छन् । आर्थिक बिभागको संयोजक जिम्मेवारीमा कोषाध्यक्ष सरोज थापा छन् भने उनको विभागमा सहकोषाध्यक्ष दिपक तिमल्सेना छन ।
त्यसैगरी, कार्यसमिति बैठकले पर्यटन बिभाग समेत गठन गरेको छ । उक्त बिभागको जिम्मेबारी उपाध्यक्ष रामप्रसाद कंडेललाई दिइएको छ । उक्त बिभागमा सदस्यद्वय मोहन ओली, दिनेश परियार छन ।
त्यस्तै, सुचना तथा संचार बिभागको संयोजक प्रवक्ता श्याम लुईटेललाई दिइएको छ । बिभागमा दिनेश परियार, बिमल सापकोटा र अन्जु न्यौपाने छन । एनआरएनए यूके संघसंस्था बिभागको संयोजकको जिम्मेवारी स्वयं अध्यक्ष पुडासैनीले लिएका छन । उक्त बिभागमा उपाध्यक्ष रक्षा थापा, स्कटल्याण्ड राज्य समन्वय परिषद् अध्यक्ष शेरबहादुर केसी, वेल्स राज्य समन्वय परिषद् अध्यक्ष बिकास रानाभाट, नर्दन आयरल्याण्ड राज्य समन्वय परिषद् अध्यक्ष पुर्णेश्वर कंडेल, इंग्ल्याण्ड राज्य समन्वय परिषद् अध्यक्ष राममाया बिष्ट र सदस्य दीपक गैर रहेका छन् ।
त्यसैगरी नेपाली नागरिकता निरन्तरताका लागि पहल कदमी गर्न नागरिकता बिभाग गठन गरिएको छ । नागरिकता बिभागको संयोजकको जिम्मेवारीमा कृष्ण भण्डारीलाई दिइएको छ । उक्त बिभागमा लिलाराम निउरे, डिएन खराल, श्याम लुईटेल र दिपक गैरे छन । एनआरएनए यूकेको ट््रस्टीमा अ्ध्यक्ष पुडासैनीसहित कृष्ण भण्डारी, रक्षा थापा, महासचिव दिवाकर पाण्डेय र कोषाध्यक्ष सरोज थापा छन । बैठकले एनआरएनए यूकेको पुर्वअध्यक्षहरु रहेको संरक्षक परिषद् समेत गठन गरेको छ ।
बैठकले गोर्खा तथा जेष्ठ नागरिक बिभाग पनि गठन गरेको छ । उक्त बिभागको संयोजकको जिम्मेवारी कार्यसमिति सदस्य दिनेश परियारलाई दिइएको छ । बिभागमा बालकृष्ण भुसाल, झपेन्द्र सापकोटा छन । कार्यसमितिको बैठकले कार्यसमितिमा मनोनित गर्ने सदस्यहरु र सल्लाहकारका
बारेमा ठोस कार्ययोजनासहित खाना प्रस्तुत गर्न अध्यक्ष पुडासैनीलाई जिम्मेवारी दिइएको छ । बैठकमा स्कटल्याण्ड अध्यक्ष शेरवहादुर केसीले स्कटल्याण्डमा हेल्पलाइन स्थापना गरि काम सुरु गरेको जानकारी दिए । उनले आफ्ना कामहरुको फेहरिस्त प्रस्तुत गरेका थिए ।
महासचिव पाण्डेयले संचालन गरेको बैठकमा आईसीसी सदस्यहरु तुंगभद्र भुसाल, र छबिलाल अर्यालको समेत उपस्थिति रहेको थियो । उक्त बैठक सपथ ग्रहण गर्न छुटेका कार्यसमितिका सदस्यहरुलाई अध्यक्ष पुडासैनीले सपथ ग्रहण गराएका थिए ।