को हुन् सुबेदी ? किन संघको युरोप क्षेत्रको उप संयोजकमा आउन खोज्दै छन् ?

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

बेलायत । मध्य युरोपको रणनीतिक मुलुक अष्ट्रियाको राजधानी भियनामा बिगत दुइ दशक देखि बसोबास गरिरहेका सागर सुबेदी पेशाले नर्स हुन्। सुबेदीको सामाजिक जीवनलाई सरसर्ति हेर्यो भने उनी सबैका प्रतिपक्ष जस्ता देखिन्छन। विभिन्न बिकृतिलाई कुनै संकोच नमानी बर्षौ देखि कलम चलाउदै आएका सुबेदी सामान्यता नेपाली राजनीतिका बिषयमा घोचेरै कलम चलाउनेमा पर्दछन। आफुले बुझेका बिषयलाई साधारण शब्दमा सबैले बुझ्ने गरी कलम चलाउने सुबेदी यतिवेला गैर आबासीय नेपाली संघको युरोप क्षेत्रमा उप-संयोजकका उम्मेदवार हुन् ।

गैर आवासिय नेपाली संघ (एनआरएनए) मा सन् २०१० देखि नै जोडिएर काम गर्दै आएका सुबेदी ‘संघलाई अहिले जसरी चलाउन खोजिएको छ त्यसरी चलाउदा यसको भविष्य सङ्कटमा पर्न सक्ने धारणा राख्छन।’ त्यसैमा पछिल्लो समय पररास्ट्र मन्त्रालयबाट गरिएको निर्देशनात्मक पत्रमा सुबेदी आफ्नो असहमती राख्दछन। सुबेदी अगाडी भन्छन, ‘सत्तापक्ष सधै एकै विचार समुहको रहिरहन सक्दैन, त्यसैले यस्ता दीर्घकालिन प्रभाब पार्ने खालका क्रियाकलाप कुनै पक्षबाट हुनु समग्र संघको लागि घातक सिद्ध हुनेछ ।’

गुट भन्दा पनि टिम भन्न रुचाउने सुवेदी संघमा भैरहेको राजनीतिक ध्रुविकरण प्रति असहमति रहेको जनाउँछन । ‘यहि तथाकथित गुटका कारण नेपालका पार्टीभित्रको हालत बिग्रेको छ। नेपालको सत्ता समीकरण जस्तो बन्छ यता पनि त्यसैको प्रभाब रहदा संघले संघको रुपमा काम गर्न सकेको छैन ।’ उनले नेपालको नेताहरुको आशिर्वादबाट नेता बन्न सकिन्छ भन्ने मनोभावना संघ भित्र बढ्दै गैरहेकोमा चिन्ता व्यक्त गरेका छन । साथै संघमा जोडिने ‘केहि व्यक्तिहरु’ले पनि संघलाई संघको रुपमा लिएर नगएको भन्ने सुबेदी ठहर छ ।

सुबेदीको बुझाइ र उनले लिएको तटस्थमा कुनै पनि सम्झौता गर्दैनन् भन्ने बुझेका युरोपबासीले उनको नाम संघको युरोप क्षेत्रको उप संयोजकमा लिएको बताउछन् । ‘मेरो फरक प्रस्तुति तथा बुझाइको कारण हुनसक्छ मलाई युरोपमा बसोबास गर्ने साथी भाइ , अग्रज तथा मित्रहरुले संघमा आउनु पर्ने तपाई जस्तो व्यक्तिहरु हुनुपर्छ’ भन्ने सल्लाह दिएको उनी बताउछन । बेल्जियम , स्पेन , डेनमार्क , नर्बे भ्रमणबाट केहि धारणा बनाउन मद्दत गरेको उनको कथन छ।

चुनाब हुन्छ कि हुदैन भन्ने अन्योल रहेकै बेला सुबेदी भन्छन, ‘चुनाब नहुदा संघको वैधानिक अस्तित्व सकिने हुदा , बिधान सम्बद्ध तरिकाले सबैको भावनाको प्रतिनिधत्व हुने किसिमले चुनाबी प्रक्रिया सुरु गर्न सकिने तर सहमतिको नाममा बिधान भन्दा बाहिर गएर कुनै क्रियाकलाप गर्नु हुदैन।’

एनआरएनएमा नेतृत्व तहमा उठ्न चाहने उमेद्वार चुनाब हुने नहुने भन्दै देश दौडाहा नगरेर कोहि काठमाडौँ मै र केहि सम्बन्धित क्षेत्रमै रहदा सुबेदी चाही चुनाबी दौडमा निस्किए । उनले युरोपभरका नेपाली सँग प्रत्यक्ष संम्वाद गरिसकेका छन । निर्बाचन हुने-नहुने भन्ने नै अन्योल रहिरहेको विद्यमान अबस्थामा विधानमा टेकेर फास्ट ट्रयाक निर्वाचन पद्धति मार्फत दुइ हप्ता पछि निर्बाचन गर्न सकिने उनको तर्क छ ।
मातृभूमीका नेपाली भन्ने अभियानका अष्ट्रीया संयोजक तथा केन्द्रिय सदस्य समेत रहेका सुबेदी १४ बर्षकै उमेरमा माध्यमिक बिद्यालयमा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको संस्थापक सभापति थिए ।

© 2022 All Right Reserved DiasporaNepal