एनआरएनए १० औं महाधिवेशन : महासचिव, कोषाध्यक्ष र यूरोप क्षेत्रीय संयोजक उम्मेदवार यूकेमा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)को १० औं महाधिवेशनमा उम्मेदवार बनेकाहरु चुनावी अभियानका लागि बेलायत आउने क्रम बढेको छ । संघको नेतृत्व गर्न बिभिन्नि पदमा उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरु शनिवार छुट्टा छुट्टै समयमा शनिवार बेलायत उत्रिएका हुन् । महासचिव पदमा उम्मेदवारी घोषणा गरेका अमेरिका निवासी डा. केशव पौडेल र संघ कोषाध्क्ष पदमा उम्मेदवारी घोषणा गरेको राजन त्रिपाठी बेलायत भ्रमणमा आइपुगेका छन् । युरोप क्षेत्रीय संयोजक पदका उम्मेदवार भट्टराई भने आइतबार विहान लण्डन उत्रिएका छन ।
तीनै जना उम्मेदवारहरु यूरोपमा चुनाव प्रचार अभियानका क्रममा बेलायत आइपुगेका हुन् । एनआरएनए युकेले अल्डरसटमा आइतबार विहान आफ्नो कार्यालय उद्घाटन गर्न लागेको अवसर पारेर मतदाता (केन्द्रीय प्रतिनिधि) सँग भोग माग्ने योजना उम्मेदवारहरुको छ । उनीहरुले आ आफ्नो तर्फबाट बेलायतमा रहेका केन्द्रीय प्रतिनिधि (डेलिगेट्स) सँग सहयोगको आग्रह गर्ने र आफ्नो एजेण्डाहरुका बारेमा अवगत गराउने छन । यसअघि एनआरएनए अमेरिकाका पुर्वअध्यक्ष सुनिल शाह बेलायतमा चुनावी अभियान सकेर फर्किसकेका छन ।


एनआरएनए युके कार्यालय उद्घाटन आज
यसैबिच, एनआरएनए युकेको कार्यालय आइतबार औपचारिक रुपमा उद्घाटन हुदैछ । बेलायतको अल्डरसटमा विहान साढे ११ बजे औपचारिक रुपमा कार्यालय उद्घाटन गर्न लागिएको हो । व्यक्तिको ग्यारेज, घर हुदै रेष्टुरेन्टको एउटा कोठामा सीमित रहेको एनआरएनए युके कार्यालय सर्वसाधारणको पहुच हुने स्थानमा स्थापना गर्न लागिएको छ । उक्त कार्यालय स्थापनापछि सर्वसाधारणले एनआरएनए युकेबाट पाउने सुविधा सजिलै पाउने अपेक्षा गरिको छ ।

© 2022 All Right Reserved DiasporaNepal