एनआरएनए यूकेको निर्वाचन आगामी १२ जुलाईमा

१० महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी निर्वाचन १२ जुलाई २०२५ मा केन्द्रीय एमआईएस प्रणालीको प्रयोग गरी अनलाइन मार्फत गरिने भएको छ । संघ कार्यसमितिको आइतबार अल्डरसटमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले एनआरएनएका उपाध्यक्ष रामशरण सिमखडालाई निर्वाचन समितिको संयोजक तोकेको छ। निर्वाचन समितिका सदस्यहरु भने हाललाई खाली राखिएको छ । बैठकले एनआरएनए यूकेको सदस्यता वितरण आगामी १५ जनवरी २०२५ देखि ३१ मे सम्म गर्ने निर्णय गरेको छ। सदस्यता शुल्क १० पाउण्ड तोकिएको छ। नबिकरण प्रक‍ृयालाई सरलिकृत गर्न केन्द्रीय प्रणालीमा सुधारको लागी अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

यसैगरी, बैठकले एनआरएनए यूकेको काउन्सिल बैठक आगामी मार्च महिनामा गर्ने निर्णय गरिएको छ। उक्त बैठकले संघको नियमित र महत्वपूर्ण कार्यक्रम ‘काउन्सिल बैठक’ आगामी मार्च २ तारिख, आइतबार, अल्डरशटमै आयोजना गर्ने सर्बसम्मत निर्णय गरेको हो ।
उक्त काउन्सिल बैठकमा बेलायतका सम्पूर्ण सामाजिक सङ्घसंस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहने छ। काउन्सिल बैठकको आयोजना गर्नका लागि उपाध्यक्ष लिलाराम निउरेको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ। बैठकको अध्यक्षता एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ्गले गरेका थिए।
बैठकमा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष रामशरण सिमखडाले संघका हालैका गतिविधिहरूका बारेमा प्रकाश पार्नुको साथै संघको आगामी गतिविधिहरुको बारेमा जानकारी दिँदै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई निर्वाधरुपमा आफ्ना गतिविधि सुचारु राख्न पूर्ण अधिकार रहेको समेत बताए ।
उपमहासचिव सोम सापकोटाले संस्थाको वैधानिकतालाई अदालतको निर्णयले समाधान गरेकोले सबै एनसीसीहरु नियमित कार्यक्रमहरू अघि बढाउन अनुरोध गरे ।
एनआरएनए गोर्खा कार्यदलका संयोजक चन्द्र बहादुर गुरुङ्गले बेलायतमा नेपाली भाषा कक्षाको आवश्यकता रहेको बताएका थिए र एनआरएनए यूकेको अभियानमा आफ्नो सहयोग सुनिश्चित गर्ने कुरा उल्लेख गरेका थिए।

 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us