एनआरएनए युकेद्वारा ७ सदस्यीय ट्रस्टि चयन

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) च्यारेटीमा दर्ता भए लगत्तै ७ जना ट्रस्टि चयन गरेको छ । एनआरएनए कार्यसमितिको छैटौं भर्चुअल बैठकले सात जना ट्रस्टिहरु चयन गरेको हो । गत अक्टोबर ७ मा बसेको बैठकले ७ जना ट्रस्टीहरुको चयन गरेको संघका प्रवक्ता भरतमणि चोङबाङले बताए ।
ट्रस्टिहरुमा च्यारिटी विभागका पूर्व संयोजक तथा उपाध्यक्ष सुनिलबाबु खड्का, उपाध्यक्ष नारायणदत्त कँडेल, च्यारिटी विभागका संयोजक तथा उपाध्यक्ष गोविन्द खरेल, महासचिव खुशी लिम्बू, कोषाध्यक्ष विष्णु खरेल, सचिव नम्रता घले गुरुङ र कार्य समिति सदस्य सुरेश परियार छन् ।
एनआरएनए यूके च्यारिटीलाई ट्रस्टिहरूले सञ्चालन गर्नेछन्।

© 2022 All Right Reserved DiasporaNepal