एनआरएनए युकेद्वारा नेपाललाई रेड लिस्टबाट हटाउने बेलायतको निर्णयको स्वागत

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले नेपाललाई आगामी सोमबारबाट रेड लिस्टबाट हटाउने निर्णयको स्वागत गरेको छ । कोरोना संक्रमणको कारण देखाउँदै बेलायत सरकारले नेपाललाई रातो सुचीमा राखेको थियो । जसका कारण हजाई आवात जावतमा कठिनाईसहित आर्थिक भार बढेको थियो ।

एनआरएनए युकेले गत १५ सेप्टेम्बरमा संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदुत लोकदर्शन रेग्मी र ब्रिटिस यातायात मन्त्री ग्रान्ट साप्सलाई पत्राचार गरेको थियो । नेपालमा कोरोना संक्रमण दर निरन्तर घटिरहेकोले रेड लिस्टबाट हटाउने निर्णय प्रसंसनीय भएको एनआरएनए युकेको ठहर छ । हिन्दुहरुको महाम चाड वडादशैंको बेलामा नेपाललाई रेड लिस्टमा राख्दा पारिवारिक भेटघाटमा ठुलो असर परेको थियो । गोर्खा सैनिक, तिनका परिवारसहित करिव डेढ लाखको हाराहारीमा रहेका नेपालीहरुलाई ब्रिटिश सरकारको निर्णयले सोमबारदेखि यात्रालाई सहज बनाएको छ । नेपालबाट आउनेलाई ११ दिनसम्म महंगो होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउन पहल गर्नु हुने बिभिन्न संघ सस्था, लण्डनस्थित राजदुतावास र नेपाल सरकारलाई एनआरएनए युके विशेष धन्यवाद दिएको छ ।

विज्ञप्ती

© 2022 All Right Reserved DiasporaNepal