एनआरएनए उपाध्यक्षमा बेलायतबाट सिम्खडाको उम्मेदवारी

८ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा बेलायतबाट रामशरण सिम्खडाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा हुने संघको ११ औँ विश्व सम्मेलनमा सिम्खडाले आफ्नो उम्मेदवारी उपाध्यक्षमा रहने घोषणा गरेका हुन् ।

संघको बेलायतस्थित राष्ट्रिय समन्वय परिषद्को स्थापनामा समेत सक्रिय भूमिका खेलेका सिम्खडा नेपालीले विदेशमा हासिल गरेको ज्ञान, सिप, दक्षता र पुँजीलाई मातृभूमिको समृद्धिका लागि प्रयोग गर्दै नेपालको आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिन्छन् । 

सन २००४ को अन्त्यतिरबाट एनआरएनए युकेको स्थापनासँगै अभियानमा सरिक उनी त्यसयता सक्रियरुपमा लागिरहेका छन् ।  २००५ मा संघको पहिलो विधान मस्यौदा समिति, २०११ मा एनआरएनए युकेको राष्ट्रिय संयोजक, २००७–११, २०१३–१७ यूके सल्लाहकार हुँदै २०१७–१९, २०१९–२१ दुई कार्यकाल आईसीसी सदस्य बनेका उनी विधान समिति सदस्य ३ पटक, उपसंयोजक एक कार्यकाल र केन्द्रीय नीति निर्माण समिति संयोजक, केन्द्रीय परोपकार तथा मानव कल्याण समिति सदस्य सचिव हुँदै उनी हाल केन्द्रीय उपमहासचिव पदमा क्रियाशील रहेका हुन् । 

आफ्नो रुचिको पद महासचिव भए पनि ‘सबै सँग सँगै हिँडौँ’भन्ने अभिलाषाले केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।  विधि विधानतः संस्थालाई हिँडाउने र संघको मौलिक पहिचान ‘नेपालमा पर्दा केही गर्ने अठोट’ लाई पुनर्जागृत गराउने स्पष्ट मार्गचित्र सहित केन्द्रीय उपाध्यक्षमा आकांक्षी रहेको उनले बताए । 

 गैरआवासीय नेपाली संघभित्र मौलाउँदै गएको विकृति र स्वार्थको कारण २०२१–२३ को कार्यकालले जम्बो टिम निर्माण गर्नु परेको उनको भनाइ छ । ‘हामीले संस्थालाई शिरदेखि तिरैसम्म २ भागमा फुटाउनु भन्दा आलोचना सहेर भए पनि संस्था दुई चिरा हुन नदिऔँ भनेर बहुपदीय अवधारणामा गयौँ । यसै बिचमा पनि एनआरएनका केही थातिरहेको मुद्धाहरुले यसै कार्यकालमा मुर्तरुप पाएको छ,’ उनले भने । 

© 2022 All Right Reserved DiasporaNepal