एनआरएनए युके अध्यक्ष पदका उम्मेदवार मध्ये उत्कृष्ट दिनेश घिमिरे : डा. संजीव राज पाण्डे

१० महिनाs अगाडि

डा. संजिब राज पाण्डे


दिनेश घिमिरजीको बारेमा दुई चार शव्द लेख्न पाउँदामा मलाई अत्यन्त खुशी र सुखद अनुभुति भैरहेको छ । दिनेशजीलाई मैले नजिकबाट चिनेको र संगत गरेको २३ बर्ष भयो । यस २३ बर्षको उठवसबाट म के भन्न असजिलो महश्ुस गर्दिन भने उहाँ नितान्त शान्त प्रेमी, सरल र मिजासिलो व्यक्तित्व हुनुहुन्छ । अरुलाई सकेको सहयोग गर्ने उहाँको अर्को विशिष्ट विशेषता हो । मैले चिनेको सुरुवातदेखि नै उहाँ विभिन्न संघ संस्थाहरुमा आवद्ध हुदै क्रियाशिल हुनुहुन्थ्यो ।
दिनेशजी सवैको भावनाको कदर मात्रै गर्ने होइन कि संघसंस्थाको उद्देश्य प्राप्तिका लागि सबैलाई समेट्दै मिलाएर योजनाबद्ध रुपमा अघि बढन सक्नुहुन्छ । जसको उद्दारणका रुपमा लण्डनस्थित साउथ इस्टमा स्थापित नेपाल फोरम ग्रीनविचको संस्थापक महासचिव पदमा कार्यरत भएर प्रमाणित गर्नु भएको थियो । यसको अलवा उहाँले बिभिन्न अन्तरराष्ट्रिय संघ संस्थामा आफ्नो आवद्धता र संस्थाको हित प्रेरित रहेर कार्य सम्पादन गर्दै आउनु भएको वास्तविकता सायद सबैलाई विदितै होला । यसबाट के प्रस्ट हुन्छ भने उहाँ कसैसँग वैरभाव, झै झगडा र वैमनस्यता राख्ने व्यक्तित्व हुनुहुन्न ।

सबैको बिचार सुन्ने, आदर गर्ने, सबैको भावनालाई सम्मान गर्ने र आफ्नो निष्पक्ष विचार, राय र सुझाब दिन पनि पछि नपर्ने व्यक्ति हुनुहुन्छ । साथै, दिनेशजी सँग बैकिङ, वित्तिय, आर्थिक तथा सामाजिक ज्ञान र दक्षताबाट कुनै पनि संघसंस्था लाभान्वित हुन सक्छ भन्नेमा दुई मत छैन

© 2022 All Right Reserved DiasporaNepal