एनआरएनए यूके उपाध्यक्षका उम्मेदवार मध्ये रविन्द्र कंडेल अग्रस्थानमा

१० महिनाs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको उपाध्यक्षमा रविन्द्र कंडेल उम्मेदवार मध्ये अग्रस्थानमा देखिएका छन । डायस्पोरामा सामाजिक कार्यमा अग्रस्थानमा देखिने कंडेलले अरु उम्मेदवार भन्दा धेरै भोट ल्याउने अपेक्षा गरिएको छ । उनले यसै सातादेखि निर्वाचन अभियान पनि सुरु गरेका छन । बेलायतभर एनआरएनएलाई फैलाउने कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गरेका कंडेल बेलायतको पुरानो संस्था यती नेपाली एसोसियशन् यूकेको पूर्ववरिष्ठ उपाध्यक्ष रहेका कंडेल थिए । जुलाई २२ तारिख हुने एनआरएनए युके निर्वाचनको लागि उम्मेदवार दिएपछि यहाँका पुर्व गोर्खा, नागरिकता र लगानीका समस्या समाधान गर्न आफु लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
करीव ३० बर्ष देखी बेलायतमा बसोबास गर्दै आएका कंडेलले बेलायतबाट अन्तराष्ट्रिय कानून र मानवअधिकारमा मास्टर गरेका छन् । नेपालको जनआन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका कंडेलले बेलायतमा नेपाली समस्या समाधान गर्न भुमिका खेल्दै आएका छन ।

बेलायतमा हेल्थ एण्ड सोशियल केयर व्यवसायमा संलग्न कंडेलले नेपालमा पर्यटन, हाइड्रो, हस्पीटालिटी क्षेत्रमा लगानी गरेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal